कसले भगायो टोपबहादुरलाई !?

कसले भगायो टोपबहादुरलाई !?


भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएका सांसद एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी रहस्यमयी किसिमबाट फरार रहेका छन् । पक्राउ पूर्जी जारी भएलगत्तै प्रहरीले रायमाझीका बाबु-छोरालाई गिरफ्तार गर्ने द्रुत तत्परता लिएको थियो । यसक्रममा प्रहरीले रायमाझीका छोरालाई बुटवलबाट पक्राउ गरिसकेको छ, तर बुटवलमै रहेका टोपबहादुरको गाडी फेलापार्ने प्रहरीले टोपबहादुरलाई भने देख्न सकेन ।

प्राप्त जानकारीअनुसार टोपबहादुर रायमाझीले आइजीपी वसन्त कुँवरलाई सम्पर्क गरी आफै प्रहरीसमक्ष उपस्थित हुने वचन दिएका थिए । त्यसैबीच केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरी कसैलाई पूर्वाग्रही व्यवहार नगर्न चेतावनी दिएको भन्ने समाचार सार्वजनिक भयो र, रायमाझीले पनि आइजीपीलाई दिएको वचन पूरा गर्न आवश्यक ठानेनन् ।

रायमाझीलाई प्रहरीकै माथिल्लो तहका अधिकारीले भगाएको बुझिएको छ । घटनामा संलग्न रहेको प्रमाणित ब्यक्ति रायमाझीलाई जोगाउन लागिपरेका ब्यक्तिहरूमाथि गृहप्रशासनले निगरानी बढाएको र, निजलाई लुकाउन/छिपाउन सहयोग पुऱ्याउने जो-कसैलाई नछाड्ने अठोट गृहमन्त्रालयको नेतृत्वले लिएको बुझिएको छ । खासगरी कुन/कुन प्रहरी अधिकारीहरू रायमाझीलाई भगाउने कार्यमा संलग्न रहेका छन् भन्ने पत्ता लगाउन गृहले प्रयास गरिरहेको छ ।