आजको पञ्चाङ्ग एवम् राशिफल (२८ वैशाख २०८० बिहीबार, ११ मे २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२८ वैशाख २०८० बिहीबार, ११ मे २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं.११४३ वसन्त ऋतु वि.सं.२०८० वैशाख २८ गते बिहीबार तद्अनुसार सन् २०२३ मे ११ तारिख ज्येष्ठ कृष्ण पक्षको षष्ठी तिथि उत्तराषाढ़ा नक्षत्र शुभ योग भद्रा करण आनन्दादियोगमा सौम्य योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ५ः२० बजे भयो र सूर्यास्त साँझ १८ः४२ बजे हुनेछ । महिला ज्योतिष संघ स्थापना दिवस ।

आजको राशिफल

मेष – सोचेभन्दा कमै फाइदा मिल्ने दिन भए पनि भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । इर्ष्या गर्नेहरूबाट सचेत रहनु हितकर होला । नयाँ दायित्व प्राप्तिको योग छ । आरोग्यता बढ्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।

वृष – भाग्यबल बढ्ने र जोखिम कम हुने समय छ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिने र राम्रै आयआर्जन हुने देखिन्छ । तर, आजको आम्दानी सञ्चित भने नहुन सक्छ । सरसापटमा धन खर्च हुने समय भएकोले सावधान रहनुहोला । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – प्रतिभाको कदर हुने समय छ । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ला । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका मिल्ला । रसरागमा आकर्षण बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ । मिठो भोजन मिल्नेछ ।

कर्कट – भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । ब्यवसायमा पनि प्रशस्तै लाभ हुने योग छ । तथापि, अरूको भर पर्दा धोका हुन सक्छ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । दामपत्य सुख बढ्नेछ भने आरोग्यता रहनेछ । रोकिएका काम बन्नेछन् । मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला ।

सिंह – आज केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । ठूलै प्रयत्न गर्दा पनि सामान्य मात्र फाइदा हुनेछ । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । सन्तानबाट सुख प्राप्त हुनेछ । विरोधिमाथि विजय प्राप्त हुनेछ ।

कन्या – आजको दिन प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस हुनेछ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ । रसविलासमा रुची बढ्नेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – सामाजिक काममा रुचि बढ्नेछ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुहोला । तपाईंका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । व्यस्तता वृद्धि हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । मन प्रशन्न रहला ।

वृश्चिक – पराक्रम वृद्धि हुनेछ र पनि बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । तथापि, व्यवसायमा लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्ला । विशेष उपहार प्राप्त हुनुका साथै धनलाभ हुनेछ । आफन्तको सहयोग बढ्ला । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनुकाासाथै आमोद प्रमोदमा रमिरहनु हुनेछ ।

धनु – आजको दिन न्यून उपलब्धिका लागि पनि निकै मिहिनेत गर्नुपर्ला । स्वास्थ्य कमजोर रहनाले जोशजाँगरमा कमी आउनेछ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । नचिताएको ठाउँमा खर्च हुन सक्छ । पठनपाठनमा समय दिन नसकिएला । शारीरिक र आर्थिक हित हुने काममा लाग्नु उपयुक्त सावित हुनेछ ।

मकर – विरोधिको चलखेल बढेपनि कीर्तिमानी काम सम्पादन हुन सक्ने समय छ । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । नयाँ काममा हात हाल्ने समय आएको छ । प्रेमको प्रस्ताव प्राप्त हुने योग छ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । रसरागमा रुचि बढ्ला । आशा उत्साह बढ्नेछ ।

कुम्भ – लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । सानो प्रयत्नले ठूलो काम सम्पादन होला । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । बोली र व्यक्तित्वको माध्यमबाट धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । घरपरिवारको स्थिति अनुकूल रहनेछ ।

मीन – आजको दिन सेवामूलक कामबाट लाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने योग छ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । पढाइलेखाइमा सामान्य प्रगति हुनेछ । रोगबाट छुट्कारा मिल्नेछ ।