आजको पञ्चाङ्ग एवम् राशिफल (२९ वैशाख २०८० शुक्रबार, १२ मे २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२९ वैशाख २०८० शुक्रबार, १२ मे २०२३)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ वसन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० वैशाख २९ गते शुक्रबार तद्अनुसार सन् २०२३ मे १२ तारिख ज्येष्ठ कृष्ण पक्षको सप्तमी तिथि श्रवण नक्षत्र शुक्ल योग बालव करण आनन्दादिमा धूम्र योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः१९ मा भयो र सूर्यास्त साँझ १८ः४३ बजे हुनेछ । अष्टमी व्रत, गोरखकाली पूजा ।

आजको राशिफल

मेष – आज समय र धन फजुलमा खर्च हुने सम्भावना छ, सजग रहनुहोला । सानातिना काममा महत्वपूर्ण समय बित्नेछ भने सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुन सक्छ । तथापि, वर्चश्व वृद्धि हुनेछ । रोग शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आजको दिन स्वस्थ्यप्रति विशेष सावधानी राख्नु हितकर हुनेछ । सोचेकोे काम समयमै सम्पन्न नहुन सक्छ । अनावश्यक यात्राको योग छ । अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला । अन्ततः सुखको अनुभव हुने समय छ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – श्रद्धा र परोपकारमा मन जाने समय छ । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ । खर्च भन्दा कमाई नै बढी हुनेछ । मातापितासँगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ । कार्यक्षमता वृद्धि हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – पारिवारिक सुख मिल्ने दिन छ भने ब्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ । दुःखमा साथ दिनेहरू भेटिनेछन् । विपरीतलिङ्गीको हौसलाले मन रमाउनेछ । आफन्तसुख वृद्धि हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – आजको दिन विश्वास गरेकाले नै धोका दिन सक्छन् । इष्टमित्रहरुसँग असमझदारी बढ्न सक्छ । दिन प्रतिकूल भएकाले काममा बाधाहरुको पनि सामना गर्नु पर्ला । मुद्दा-मामिलामा पर्न सकिएला, सावधान रहनुहोला । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामर्थ्य बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । रसरागको भाव वृद्धि हुनेछ ।

कन्या – आर्थिक लाभ हुने तथा मान-सम्मान मिल्ने दिन छ । तर नोकरीमा झमेला ब्यहोर्नुपर्ला । स्वास्थ्यका दृष्टिकोणले समेत राम्रो समय छ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – आजको दिन शुभदायी छ । व्यस्तता बढ्नेछ तर काममा सफलता मिल्नेछ । काम बन्नाले मन रमाृउने छ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिएला । धन कमाउने योग छ । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो होला ।

वृश्चिक – पराक्रम वृद्धि हुनेछ भने सकारात्मक काम बन्नेछ । नसोचेको काम बन्ने समय छ । काम बन्नाले सुखको अनुभव हुन्छ । प्रियजनसँग भेटघाट होला । अनेक किसिमका फाइदा हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्य वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

धनु – स्वास्थ्यका लागि खानपानमा सजगता अपनाउनुहोला । अनावश्यक झमेलामा परिएला, यात्राको क्रममा सावधान रहनुहोला । अनेक किसिमका झमेलामा परिने योग छ । साझेदारीको काम बन्नेछ । सहयोग समर्थन प्राप्ति हुनेछ । सुख समृद्धि बढ्नेछ ।

मकर – आरोग्यता बढ्नेछ । काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । तपाईंको आफ्नो विचारले धेरैलाई आकर्षण गर्ने समय छ । धन कमाउने योग पनि छ । परोपकारका काममा मन जानेछ । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – आयआर्जन हुने दिन छ । नउठेको रकम छ भने उठ्ने योग छ । अनौठो तरिकाले कमाइ भइ हर्ष छाउला । टाढाको यात्राको पनि योग रहेको छ । प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मीन – आयबल बढ्नेछ । पाहुना आगमनको दिन छ । रमाइलो यात्राको पनि योग रहेको छ । मिठो भोजन प्राप्त हुनेछ । पराक्रम वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।