आजको पञ्चाङ्ग एवम् राशिफल (३० वैशाख २०८० शनिबार, १३ मे २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (३० वैशाख २०८० शनिबार, १३ मे २०२३)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८० वैशाख ३० गते तद्अनुसार सन् २०२३ मे १३ तारीख शनिबार ज्येष्ठ कृष्ण पक्षको अष्टमी तिथि ७ः३१ पर नवमी तिथि धनिष्ठा नक्षत्र ब्रम्हा योग तैतिल करण आनन्दादिमा प्रवर्द्ध योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१८ मा भयो र सूर्यास्त साँझ १८ः४३ बजे हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन मित्रजन एवम् घरपरिवारबाट सुख शान्ति मिल्नेछ । आकस्मिक कमाइ हुनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । इष्टमित्र एवम् सन्तानबाट सुख प्राप्त हुनेछ । मित्रभाव वृद्धि होला । रोकिएको काम बन्नेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

वृष – अन्य दृष्टिले सामान्य दिन भए पनि आज खर्चका हिसाबले चाहिँ त्यत्ति शुभदायी नरहला । नसोचेको ठाउँमा खर्च हुन सक्छ भने व्यर्थको खर्चले मन पिरोल्ला । मनोकूलको काम बन्ने योग छ । मान बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । परिवारिक सुख बढ्नेछ ।

मिथुन – भाग्यबल बढ्ने तथा समस्याको समाधान प्राप्त हुने दिन छ । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्त तथा प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला । मान पुरस्कार प्राप्त हुने योग छ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – आर्थिक आर्जन हुने समय छ । आर्जित धन सञ्चय पनि होला । आजको दिन बनाइएका नयाँ योजनाले दीगोपन पाउन सक्छ । दौडधुप बढ्ला । आरोग्यता वृद्धि होला । सुख सुविधाका बस्तु बढ्नेछ । रसरागमा आकर्षण रहला । पारिवारिक सुख मिल्ने दिन छ ।

सिंह – सुख र साहस बढ्ने समय छ । आज नयाँ कामका योजना बन्ने सम्भावना छ । रमाइलो तथा मनोरञ्जनात्मक तरिकाले कामहरु गर्न पाइनेछ । यात्राको योग छ र यात्रामा आनन्द बढ्ला । मित्रजनको साथ मिल्नेछ । बौद्धिक एवम् रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – दिन त्यति शुभदायी नरहन सक्छ । वादविवादको सामना गर्नुपर्ला । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्ने योग भएकोले योजना कार्यान्वयन थाती राख्नु हितकर हुनेछ । पारिवारिक सुख भने रहनेछ । समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – मान-सम्मान मिले पनि मनमा त्यसै-त्यसै डर रहने समय छ । स्वास्थ्यका दृष्टिकोणले भने दिन राम्रो छ । आर्थिक लाभको योग छ । प्रेमभाव वृद्धि हुनेछ । शुभ काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – व्यस्तता बढे पनि दिन मनोरञ्जनपूर्ण रहला । मनमा प्रशन्नता मिल्नेछ । पराक्रम वृद्धि होला । दाम्पत्यसुख बढ्नेछ । शुभ काममा आकर्षण बढ्नेछ । सुख-सुविधाको बस्तु किन्नुहुनेछ । योजना र बजेट बनाइ कार्य गरे ज्यादा उत्तम हुनेछ । शत्रु परास्त गर्ने क्षमता वृद्धि हुनेछ ।

धनु – पराक्रमका साथै मान वृद्धि हुनेछ । अप्रत्याशित लाभ हुने समय छ । काममा मन जाला । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – आज केही हानी हुन सक्ने समय हुनाले आजको दिन विशेष सावधान रहनुहोला । पीडा दिनेहरु सक्रिय हुन सक्छन् । स्वास्थ्यको विशेष ख्याल गर्नु हितकर रहनेछ । अनावश्यक झमेलाबाट बच्न सचेत रहनुहोला । तथापि, धनबल र साहस वृद्धि हुनेछ । इष्टमित्र र सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।

कुम्भ – धन आर्जनमा राम्रो दिन छ । मित्रजनको साथ–समर्थन मिल्नेछ । आरोग्यबल बढ्नेछ । काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । नयाँ आयस्रोत बर्द्धक काममा सफलता पाउनुसंगै रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – आर्थिक क्षेत्रमा उन्नती हुने समय छ । राम्रो कमाइका कारण सुख मिल्नेछ । नसोचेको ठाउबाट धनलाभ भइ मन हर्षित होला । सामर्थ्य बढ्नेछ भने आफन्तको साथचाहिँ कमै मिल्ने योग छ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ । ऋण रोग र शत्रुलाई जीत्ने सामर्थ्यका साथ समस्याको समाधान मिल्नेछ ।