हुथी विद्रोहीको ड्रोन आक्रमणमा यमनका तीन सरकारी सैनिकको मृत्यु

हुथी विद्रोहीको ड्रोन आक्रमणमा यमनका तीन सरकारी सैनिकको मृत्यु


यमनको मारिब प्रान्तमा हुथी मिलिसियाले गरेको ड्रोन हमलामा कम्तीमा तीन यमनी सरकारी सैनिकको मृत्यु भएको छ । स्थानीय सरकारी अधिकारीले हुथी समूहले रातभर मारिबको हरिब जिल्लामा रहेको सरकारी सैन्य प्रतिष्ठानहरूलाई लक्षित गरी गरेको ड्रोन आक्रमणमा तीन सैनिकको मृत्यु भएको नाम नछाप्ने शर्तमा जनाएको सिन्ह्वाले उल्लेख गरेको छ ।

अधिकारीले भनेका छन्, ‘हुथीहरूले बिहीबार राति विस्फोटक पदार्थले भरिएको ड्रोनले हरिब क्षेत्रमा तैनाथ हाम्रा सैनिकहरूलाई निशाना बनाई ठूलो विस्फोट गराए ।’

ड्रोन आक्रमण सरकारी सेना र इरान समर्थित हुथीहरू बीच चलिरहेको द्वन्द्वमा सापेक्ष शान्त अवधिको बीचमा हुने गरेको छ । यद्यपि, आक्रमणका घटनाममा भने कमी आएको छ ।

यमनको तेलसम्पन्न मारिब प्रान्त बहुमूल्य स्रोतहरूले नियन्त्रणको लागि विभिन्न गुटहरूलाई बीच झडप हुने गरेको छ।

हुथी मिलिशियाले सन् २०१४ मा सानाबाट थुप्रै उत्तरी शहरहरू आफ्नो नियन्त्रणमा लिएका छन् र सानाबाट साउदी समर्थित यमनी सरकारलाई हटाएपछि यमन गृहयुद्धमा फसेको छ। यस द्वन्द्वले ठूलो सङ्ख्यामा हताहती भएको छ र मानवीय सङ्कटको तर्फ धकेलिएको छ।