आजको पञ्चाङ्ग एवम् राशिफल (१ जेष्ठ २०८० सोमबार, १५ मे २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१ जेष्ठ २०८० सोमबार, १५ मे २०२३)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ ग्रीष्म ऋतु वि.सं. २०८० ज्येष्ठ १ गते सोमबार तद्अनुसार सन् २०२३ मे १५ तारिख ज्येष्ठ कृष्ण पक्षको एकादशी तिथि पूर्वाभाद्रपद नक्षत्र विषकुम्भ योग बब करण आनन्दादियोगमा मुशल योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ५ः१५ बजे भयो र सूर्यास्त साँझ १८ः४५ बजे हुनेछ । अपराएकादशी व्रत, ज्येष्ठ संक्रान्ति ।

आजको राशिफल

मेष – बौद्धिक र रचनात्मक काममा सफलता मिल्ने दिन छ । विलासी काममा मन जाला । अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ । चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – मनग्य धन आर्जन हुने समय छ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम मिल्ला । नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमी–कमजोरीलाई पनि सुधार गर्ने मौका छ । परिवारजनको साथले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले भने सताउन सक्छन् । योजनाहरू गोप्य राख्नुहोला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । रोकिएको काम बन्नुसंगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ ।

मिथुन – आजको दिन आश मारेको काम बन्नाले उत्साह जाग्ने योग छ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ, तर अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला । स्वास्थ्यप्रति आज विशेष ध्यान दिनु हितकर होला । रसरागमा आकर्षण बढ्नेछ । साझेदारीको काममा सफलता मिल्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – आजको दिन अरूको भरपर्दा धोका पाइएला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । परिवारजनका आवश्यकता पूरा हुने समय छ । दिगो फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । रोकिएका काम बन्नेछन् । खेलकुद भ्रमणमा रुचि बढ्ला ।

सिंह – खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । तथापि अरूको मात्र भर पर्नाले महत्वाकांक्षा पूरा नहुन सक्छ । जोखिम बढ्नेछ । कार्यबोझ वृद्धि होला ।

कन्या – भौतिक बस्तु लाभ हुने समय छ । धनलाभ होला । गरिएका कामको आज राम्रै मूल्यांकन हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । प्रेमभाव बढ्नेछ । परिवारिक सुख वृद्धि होला । आरोग्यता अभिबृद्धि हुनेछ । हासविलासमा रुचि बढ्नेछ ।

तुला – आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । छर–छिमेकमा असमझदारी बढ्न सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । व्यस्तता वृद्धि हुनेछ । आफन्तको सहयोग र समर्थन मिल्नेछ ।

वृश्चिक – आजको दिन कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिने छ । समयमा हिम्मत गर्न नसक्दा पछि परिने योग रहेकोले सचेतनापूर्वक कार्य गर्नु हितकर हुनेछ ।प्रेमभाव वृद्धि हुनेछ । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

धनु – आज अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गर्नुपर्ने अवस्था आउन सक्छ । गोपनीयतामा विशेष ध्यान पु¥याउनुहोला । मित्रजनको माध्यमबाट फाइदा उठाउन सकिनेछ । मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुने समय छ । व्यस्तता बढ्नेछ ।

मकर – अधिकारका लागि केही संघर्ष हुन सक्छ । आँटेका काममा बाधा पु¥याउनेहरू प्रशस्तै हुनेछन् । विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त होला । फजुल खर्च पनि बढ्नेछ । मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मानसम्मानसमेत पाप्त हुने समय छ । आशा उत्साह बढ्नेछ । मित्रजनको सहयोग प्राप्त होला ।

कुम्भ – आज केही बाध्यतापूर्ण काममा जुट्नुपर्ला । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्यप्रति विश्ेष सावधानी अपनाउनु हितकर होला । प्रतिकूल स्वास्थ्यका बाबजुद हिम्मतले काम लिनुका साथै भइपरी आउने समस्या सुल्झाउन सकिनेछ । आश मारेको काम पनि बन्न सक्ने योग छ । रसरागको भाव वृद्धि हुनेछ । मनोकूलको काममा सफलता मिल्नेछ ।

मीन – आजको दिन शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । खर्च बढ्नेछ । तथापि, बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । काम पूरा नहुन सक्छ तर पनि केही त फाइदा हुनेछ । आरोग्यबल बढ्नेछ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । सन्तान पक्षबाट सुख प्राप्त होला ।