आजको पञ्चाङ्ग एवम् राशिफल (२ जेष्ठ २०८० मंगलबार, १६ मे २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२ जेष्ठ २०८० मंगलबार, १६ मे २०२३)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ ग्रीष्म ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० ज्येष्ठ २ गते मंगलबार तद्अनुसार सन् २०२३ मे १६ तारिख ज्येष्ठ कृष्ण पक्षको द्वादशी तिथि तिथि उत्तरा भाद्रपद नक्षत्र ८ः५९ पर रेवती नक्षत्र प्रीति योग कौलव करण आनन्दादिमा सिद्धि योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः१७ बजे भयो र सूर्यास्त साँझ १८ः४५ बजे हुनेछ ।

आजको राशिफल

मेष – प्रेमको बन्धन कसिने समय छ । आर्थिक लाभको अवसर पनि मिल्ने देखिन्छ । कुनै काम रोकिएको छ भने आजको दिन फेरि प्रयत्न गरे सफलता मिल्ने योग छ । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ । नयाँ सम्भावना देखापर्ने छ । मान, सुख बढ्नेछ ।

वृष – पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिने समय छ । दीगो आम्दानी हुने काम सुरु गर्नु शुभदायी होला । आजको दिन मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनु हितकर होला । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । बढी मिहीनेतले काम बन्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने दिन छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ । आम्दानी भए पनि खर्चको योग छ । बलजफ्ती गर्दा बन्न लागेको काम पनि बिग्रन सक्छ, सावधान रहनुहोला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तानको सुख प्राप्त हुनेछ ।

कर्कट – समय त्यति शुभदायी नरहेकोले आजको दिन सावधानीपूर्वक काम गर्नुहोला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ भने आश्वासन दिनेले झुक्याउन सक्छ । अरूको विश्वास गर्दा धोका पाइएला । व्यापारमा पनि खासै उपलब्धि नहोला । इर्ष्या गर्नेहरूले काममा अवरोध पैदा गर्न सक्ने योग भएकोले योजना गोप्य राखेर अघि बढ्नुहोला । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिने दिन छ । हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् । रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ । बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । रसरागको भाव वृद्धि हुनेछ । यात्रामा सफलता प्राप्त होला ।

कन्या – मेहनतले धेरै काम बनाउन सकिने दिन छ । बोलीको प्रभावले फाइदा उठाउन सकिनेछ भने शत्रु र प्रतिस्पर्धी सजिलै परास्त होलान् । अवसरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन् । प्रेमभावका साथै आरोग्यता वृद्धि हुनेछ । कर्मबल बढ्नेछ । आर्थिक कार्यमा सफलता मिल्ने योग छ ।

तुला – आजको दिन विशेष सावधानीका साथ कार्य-व्यवहार गर्नुपर्नेछ । प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन् । आफ्ना योजनाको गोपनीयतामा ध्यान दिनुहोला । नातेदारसँग असमझदारी पैदा हुन सक्छ । सवारीसाधन चलाउँदा आज विशेष सावधानी अपनाउनु हितकर हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो रहने योग छ ।

वृश्चिक – लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ, तर इर्ष्या गर्नेहरूबाट आजको दिन सावधान रहनुहोला । आफ्ना विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन् । नियमित कार्यमा केही व्यवधान पैदा हुन सक्छ । योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने काम गर्नुहोला । शत्रुमाथि विजय प्राप्त होला ।

धनु – आजको दिन आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ, तर विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित हुने समय छ । पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने योग छ । व्यस्तता वृद्धि हुनेछ । दैनिक काममा सफलता मिल्नेछ ।

मकर – रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द मिल्ने समय छ । काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले पछ्याउनेछन् । पराक्रम बढ्नेछ । रसराग तथा प्रेम सम्बन्धमा सफलता मिल्नेछ । आफन्तको साथ प्राप्त होला ।

कुम्भ – विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिने समय भए पनि आफ्नो स्वास्थ्यप्रति विशेष सावधानी अपनाउनु हितकर होला । नसोचेको ठाउँबाट धनमाल आर्जन हुने देखिन्छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्ने योग छ । केही खर्च भए पनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त होला । नयाँ सम्भावना देखा पर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता वृद्धि हुनेछ ।

मीन – आजको दिन आलोचकहरू बढ्नेछन् भने शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्ने योग छ । तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर जुट्न सक्छ । रसरागमा आकर्षण बढ्नेछ भने आरोग्यता रहने छ । समस्याको समाधान प्राप्त होला ।