आजको पञ्चाङ्ग एवम् राशिफल (३ जेष्ठ २०८० बुधबार, १७ मे २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (३ जेष्ठ २०८० बुधबार, १७ मे २०२३)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८० ज्येष्ठ ३ गते तद्अनुसार सन् २०२३ मे १७ तारिख बुधबार ज्येष्ठ कृष्ण पक्षको त्रयोदशी तिथि रेवती नक्षत्र ८ः७ पर अश्विनी नक्षत्र आयुष्मान योग गर करण आनन्दादिमा उत्पात योग चन्द्रमा मीन राशिमा ८ः७ बजेसम्म त्यसपछि मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१६ मा भयो र सूर्यास्त साँझ १८ः४६ बजे हुनेछ ।

आजको राशिफल

मेष – तपाईंप्रति इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुने तथा प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् भने रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । आरोग्यता बढ्नेछ । आशा उत्साह बढ्नेछ । मित्रभाव वृद्धि होला । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – सुख वृद्धि हुने समय छ । आजको दिन नयाँ कामको प्रस्ताव आउने योग छ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । धन आर्जन हुनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ । प्रतिभाले फाइदा दिलाउनेछ, हिम्मतले काम लिनुहोला । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ, उत्साह बढ्नेछ ।

मिथुन – राम्रै आयआर्जन हुने दिन छ । विभिन्न सहयोग र उपहार पनि प्राप्त होलान् । परिवारजनसँग आत्मीयता बढ्नेछ भने मनको डर उत्साहमा रूपान्तरित होला । आयबल बल बढ्नेछ । समस्याको समाधान प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – कर्मबल वृद्धि हुने दिन छ । आज विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । केही खर्च भए पनि सोचेको काम बन्ने योग छ । व्यवसायमा लगानी बढाउन सकिनेछ । आरोग्यता वृद्धि होला । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह – अनावश्यक दौडधुपमा समय बित्न सक्छ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । आजको दिन आर्थिक कारोबारमा सजगता अपनाउनुहोला । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । दाम्पत्य सम्बन्धमा चिसोपन आउन सक्छ, सावधान रहनुहोला । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । प्रेम र मित्रताको गाँठो कसिनेछ । लाभ हुने काम प्रारम्भ गर्ने योजना छ भने कार्यान्वयन गर्दा शुभदायी हुनेछ । साझेदारीमा पनि फाइदा होला । जोखिम वृद्धि होला तर पराक्रम बढ्नेछ । इष्टमित्र र सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला – काम देखाएर विशेष उपलब्धि हात पार्न सकिने दिन छ । गुरुजनको सहयोग जुट्ला । व्यवसायमूलक काममा राम्रै फाइदा हुनेछ भने आम्दानी बढेर परिवारजनका आवश्यकता पूरा हुने योग छ । प्रेमभाव वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्ला । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – पहिलेका कर्मको प्रतिफल पाइनेछ साथै कामको चापबाट पनि फुर्सद मिल्ला । प्रतिस्पर्धीहरूबाट सजग रहनुहोला । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्ने योग छ । शुभ काममा आकर्षण बढ्नेछ ।

धनु – बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारको आकर्षणले प्रशंसकहरू बढ्नेछन् । अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि प्राप्त अवसर जोगाउन सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – ब्यस्तता र साहस वृद्धि हुनेछ । आरोग्यबल बढ्ला । विभिन्न भौतिक साधनहरू जुट्नेछन् । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने उत्साहजनक समाचारले मन प्रशन्न हुनेछ । परिवारिक सुख बढ्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – काममा चुनौती देखिएलान् । आर्जित धन खर्च हुन सक्छ, तर आफ्नै प्रयासले लाभ पनि मिल्न सक्ने योग छ । विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । पराक्रम बढ्नेछ । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – काम बिग्रने डरले सताउने समय छ । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा शंका र असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइनेछ । आफन्तको साथ कमै मिल्नेछ । समस्याको समाधान मिल्नेछ ।