नक्कली शरणार्थी प्रकरणमा बालकृष्ण खाण, टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेसहित १३ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको भए पनि अन्य केहीको स्थिति भिन्न रहेको छ । यो प्रकरणमा दोषी देखिएका तर पक्राउ नपरेका र सन्देहको घेरामा परेका ब्यक्तिहरू कोही फरार भएका छन् भने कोही खुलेआम विचरण गरिरहेका छन् । दोषी देखिएर पनि निर्दोष झैँ आफ्नो दैनिक कार्यमा सामान्य रूपमा क्रियाशील ब्यक्तिमा प्रेम राई परेका छन् ।
शरणार्थी प्रकरणका मुखियमध्ये एक केशव दुलाल नामक ब्यक्तिले २०७८ सालको मङ्सिर ३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक निवेदन दिँदै आफ्नो पैसा फिर्ता पाउन माग गरेका थिए । निवेदनमा ‘तपाईं प्रेमकुमार राई गृहसचिव रहँदा इन्द्रजित राई र तपाईंलाई बुझाएको ३ करोड ४० लाख रूपैयाँ उपलब्ध गराइदिनुहुन विनम्र अनुरोध गर्दछु’ भनी लेखिएको थियो । प्रेम राईले उक्त निवेदन (उजुरी) माथि कुनै अनुसन्धानात्मक कारवाही नै नगरी तामेलीमा राख्ने निर्णय गराएका थिए । यसबाहेक राई संलग्न रहेको अन्य प्रमाण पनि प्रहरीले फेला पारेको छ । तथापि राई मंगलबार बेलुकासम्म पक्राउ परेका छैनन् ।
पक्राउ पर्न बाँकी ब्यक्तिहरू
१) प्रेमकुमार राई
२) महेश्वर न्यौपाने
३) नैनकला थापा
४) राजेश बज्राचार्य
५) अजयक्रान्ति शाक्य
६) राजेन्द्र स्थापित
पक्राउ पूर्जी जारी भएका व्यक्ति
प्रतीक थापा
सन्देहको घेरामा परेका
रामबहादुर थापा बादल
सन्देहमा परे पनि कुनै प्रमाण नभेटिएका
१) आरजु राणा देउवा
२) मन्जु खाण
३) दिपेश पुन (नन्दकिशोरका छोरा)
प्रतिक्रिया