आजको पञ्चाङ्ग एवम् राशिफल (४ जेष्ठ २०८० बिहीबार, १८ मे २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (४ जेष्ठ २०८० बिहीबार, १८ मे २०२३)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ ग्रीष्म ऋतु वि.सं. २०८० ज्येष्ठ ४ गते बिहीबार तद्अनुसार सन् २०२३ मे १८ तारिख ज्येष्ठ कृष्ण पक्षको चतुर्दशी तिथि अश्विनी नक्षत्र ७ः३८ पर भरणी नक्षत्र सौभाग्य योग भद्रा करण ११ः४६ पर चतुष्पाद् करण आनन्दादियोगमा मानस योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ५ः१६ बजे भयो र सूर्यास्त साँझ १८ः४६ बजे हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । प्रेमको बन्धन कसिनेछ । यदि सवारीसाधन प्रयोग गर्नुहुन्छ भने विशेष सावधानी अपनाउनुहोला । आश्वासन दिनेले झुक्याउन सक्छन् । अरूको पूरै विश्वासमा पर्दा धोका मिल्न सक्छ, सचेत रहनुहोस् । आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तानको सुख प्राप्त हुनेछ ।

वृष – समय शुभदायी छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – बलजफ्तीले चिताएको काम बिग्रन सक्ने तथा सहमति भंग हुने सम्भावना छ । धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ । आज यात्रामा समस्या आउने र बाध्यताका काममा जुट्नुपर्ने योग भएकोले सोअनुसार सावधानी अपनाउनुहोला । जीवनािथीको माध्यमबाट राम्रै लाभ होला । वर्चश्व वृद्धि हुनेछ, रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नुका साथै सुख सुविधाको बस्तु बढ्नेछ ।

कर्कट – कर्मयोग बढ्नेछ । चुनौतीपूर्ण कामको दायित्व लिनुपर्ला । धेरै परिश्रमपछि न्यून मात्र सफलता मिल्नेछ । आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । तापनि आवश्यक कार्यले पूर्णता पाउनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । विभिन्न अवसर जुटे पनि अरूलाई अनावश्यक वचन दिने बानीले दुःख पाइनेछ । तथापि, आजको दिन शुभ समाचार प्राप्त हुने योग छ । आफन्तसित भेटघाट हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कन्या – आज स्वास्थ्य कमजोर रहन सक्छ, खानपानमा ध्यान दिनुहोला । व्यावसायिक काम बीचमा अवरुद्ध भए पनि आम्दानीमा भने कमी आउने छैन । प्रेमको बन्धन कसिने बेला छ । दाम्पत्य जीवन सुखद बन्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । साझेदारीको कार्यमा पनि सफलता मिल्ला । आशा उत्साह थपिनेछ ।

तुला – आजको दिन काम बिग्रने भयले सताउला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । तथापि, आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । नयाँ कार्यमा सफलता पाउनुहुनेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – आजको दिन बदनाम व्यक्तिहरूले सहयोगको तत्परता देखाउनेछन्, सजग रहनुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । शोख पूरा गर्नमा खर्च हुनेछ । साहस वृद्धि हुनेछ । दायित्वका साथै कर्मबल बढ्नेछ । आफन्तको सहयोग बढ्ला । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

धनु – विगतका समस्या बल्झिन सक्छन् तर आजको दिन प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् ।सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला । प्रेमभाव र कर्मबल बढ्नेछ । आरोग्यता रहनेछ । देखिएको समस्याको समाधान गर्नुहुनेछ ।

मकर – ब्यस्तता बढ्ने समय छ । आजको दिन शत्रुहरू किनारा लाग्नेछन् । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । रसरागमा रुचि बढ्ला । नयाँ सम्भावना देखा पर्ला । यात्रामा सफलता पाउनुहुनेछ । इष्टमित्रको सहयोग मिल्नेछ ।

कुम्भ – पराक्रम वृद्धि हुने दिन भए पनि न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ला । लगानी र श्रमको उचित मूल्य नमिल्ला । सामाजिक उत्तरदायित्व बहन गर्दै विशेष जिम्मेवारी हात पार्ने समय छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागको भाव वृद्धि हुनेछ ।

मीन – इर्ष्यालु पात्रले काममा अवरोध पुर्याउन सक्छ । शत्रुहरूको चलखेल बढ्नाले गल्तीबिनै आरोप लाग्न सक्छ, सावधान रहनुहोला । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । पराक्रम वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । सुखी र सफल रहनुहुनेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ ।