दुई परियोजनाको समझदारीपत्रमा हस्ताक्षर

दुई परियोजनाको समझदारीपत्रमा हस्ताक्षर


भारत सरकारको अनुदान सहयोगअन्तर्गत कार्यान्वयन हुने

भारत सरकारको अनुदान सहयोगमा स्वास्थ्य सेवा तथा शैक्षिक क्षेत्रमा दुईवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण कार्य अघि बढाउनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौंस्थित भारतीय राजदूतावास र नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच बुधबार एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । यी दुई परियोजनाको कूल अनुमानित लागत ८.०३३ करोड रहेको जनाइएको छ ।

समझदारी भएका दुई परियोजनामा रामेछाप जिल्लाको मालागिरी शान्ति योगाश्रम र डोटी जिल्लाको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस रहेका छन् । यी दुई परियोजनाको निर्माण क्रमशः रामेछाप नगरपालिका र बडीकेदार गाउँपालिकामार्फत कार्यान्वयन गरिने सम्बद्ध पक्षले जनाएको छ ।

यी परियोजनाको निर्माणले स्थानीयवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा तथा शैक्षिक सुविधा उपलब्ध गराउनुका साथै नेपाली जनताको जीवनस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।