आजको पञ्चाङ्ग एवम् राशिफल (५ जेष्ठ २०८० शुक्रबार, १९ मे २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (५ जेष्ठ २०८० शुक्रबार, १९ मे २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ ग्रीष्म ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० ज्येष्ठ ५ गते शुक्रबार तद्अनुसार सन् २०२३ मे १९ तारिख ज्येष्ठ कृष्ण पक्षको अमावश्या तिथि तिथि भरणी नक्षत्र ७ः३४ पर कृतिका नक्षत्र शोभन योग चतुष्पाद करण आनन्दादिमा मुद्गर योग चन्द्रमा मेष राशिमा १३ः३८ बजेसम्म त्यसपछि वृष राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः१५ मा भयो र सूर्यास्त साँझ १८ः४७ बजे हुनेछ । दर्शश्राद्ध, हलो तथा निशी बार्ने, वटसावित्रीव्रत, शनिजयन्ती ।

आजको राशिफल

मेष – आजको दिन त्यत्ति शुभदायी नरहला । स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ । स्वास्थ्यका लागि खानपानमा विशेष विचार पु ऱ्याउनु होला । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला । नचाहेको कुरामा खर्च हुने योग छ । मित्रजनको साथ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – दिन राम्रो छ । परिश्रमअनुसार राम्रै उपलब्धि मिल्ला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । बुद्घि–विवेकको सहि प्रयोग भइ काममा सफलता पाइने योग छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । रसरागमा आकर्षण बढ्ला । मित्रजनको साथ–समर्थन मिल्नेछ । आशा उत्साह थपिनेछ ।

मिथुन – आज पुराना साथीसँगको भेटघाटले मन रमाउने छ भने चिताएको काममा पनि सफलता पाइने योग छ । अनौठो तरिकाबाट धनलाभ हुन सक्छ । परिवारिक सुख प्राप्त होला । आशा उत्साह बढ्नेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – समाजिक सम्मान प्राप्त हुने समय छ । आज यात्राको पनि योग छ । हासखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । कर्मबल वृद्धि होला । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त होला ।

सिंह – आज आर्थिक अभावको अनुभूति होला । अनावश्यक क्षेत्रमा पैसा खर्च हुन सक्छ, सावधान रहनुहोला । स्वास्थ्यप्रति पनि विशेष ध्यान राख्नु हितकर हुनेछ । रसरागको भाव वृद्धि हुनेछ ।

कन्या – मिश्रित किसिमको दिन छ । सुख र उदासी दुवै प्रकारको भावना उत्पन्न हुने सन्दर्भहरूका साथ दिन बित्ला । बन्दैन भनेको काम पनि तपाईंको अथक प्रयासमा आज बन्न सक्छ । आफन्तको सहयोग पनि प्राप्त होला । नसोचेको आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल हुने छ । सोचेका सबै कार्य पूरा भने नहोला । साझेदारीको काम बन्नेछ ।

तुला – धन आर्जनको योग रहेको दिन छ । नचिताएको ठाउँबाट आम्दानी हुन सक्छ । उपलब्धिमूलक एवम् रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – परिवारमा आर्थिक समस्याले सताउन सक्छ । तथापि, काम गर्न जाँगर चल्नेछ । सन्तान पक्षबाट सुखको अनुभुति हुनेछ । आजको दिन कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुन्छ । आरोग्यता वृद्धि हुनेछ । कल्याणकारी कार्यमा आकर्षण रहला ।

धनु – कुनै सुखद परिणाम हात नपरीकन आजको दिन बित्न सक्छ । मनमा अनावश्यक डरको भाव रहने योग छ । कसैसँग हल्का मनमुटाव हुन पनि सक्छ । काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने सम्भावना छ । स्वास्थ्यप्रति पनि विशेष ध्यान राख्नु हितकर होला । दैनिक काममा सफलता मिल्नेछ । मित्रजनको सहयोग समर्थन प्राप्ति हुनेछ ।

मकर – ब्यस्तता बढ्नेछ । आजको दिन धन मान प्राप्त हुने योग छ । नोकरी र राजनीतिमा हुनेले आफ्नो बर्चश्व बढाउन सक्नेछन् । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – सोचेका काम पूरा भइ सुख अनुभव हुने दिन छ । आर्थिक दृष्टिले पनि लाभदायी समय छ । परिरवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखदायी रहला । देखापरेको समस्याको समाधान मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मीन – दिन शुभदायी छ । नसोचेको ठाउँबाट आकस्मिक लाभ हुन सक्छ । आकस्मिक निम्तोमा सहभागी हुनु पर्ला । आहारविहारमा विशेष सतर्क रहनु हितकर हुनेछ । विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।