आजको पञ्चाङ्ग एवम् राशिफल (७ जेष्ठ २०८० आइतबार, २१ मे २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (७ जेष्ठ २०८० आइतबार, २१ मे २०२३)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ ग्रीष्म ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० ज्येष्ठ ७ गते आइतबार तद्अनुसार सन् २०२३ मे २१ तारिख ज्येष्ठ शुक्ल पक्षको द्वितीया तिथि रोहिणी नक्षत्र ८ः५५ पर मृगशिरा नक्षत्र सुकर्म योग बालब करण आनन्दादिमा धाता योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहला । काठमाडांैमा सूर्योदय बिहान ५ः१४ मा भयो र सूर्यास्त साँझ १८ः४८ बजे हुनेछ । द्विपुष्कर ८ः५५ देखि २१ः३२ बजेसम्म ।

आजको राशिफल

मेष – आजको दिन कामका बाधाहरू हट्नेछन् । नसोचेको ठाउँबाट धन प्राप्त होला । साथीभाइले काममा सहयोग जुटाउन सक्छन् भने सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आज समय मध्यम खालको छ । स्वास्थ्यमा कमजोरी हुनुका बाबजुद विलासितामा धन खर्च हुन सक्छ । मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहला । दौडधुप वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तानबाट सुख मिल्नेछ । रसरागमा आकर्षित हुनु हुनेछ ।

मिथुन – आज अर्थअभावले काम रोकिने सम्भावना छ । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिनेछ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्, तर खास सहयोगीहरूले राम्रो साथ दिने योग छ । रसरागमा आकर्षण बढ्नेछ । रचनात्मक काममा सफलता मिल्नेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – दिगो आम्दानी हुने काम सुरु हुने समय छ तर आशा देखाउनेहरूले फसाउन सक्छन्, सावधान रहनुहोला । कर्मबल र अठोटले आम्दानीको बाटो देखाउनेछ । साझेदारीमा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । नसोचेको ठाउँबाट धन आर्जन हुने योग छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

सिंह – श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी बढ्ने दिन छ । कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । कतिपय परिस्थितिसँग सम्झौता गर्नुपर्दा चाहिँ खिन्नता बढ्ला । कर्मबल बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । रसरागको भाव वृद्धि हुनेछ ।

कन्या – परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । सवारीसाधनको प्रयोगमा आजको दिन विशेष सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । स्वास्थ्य कमजोर रहन सक्छ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ ।

तुला – आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । व्यावसायिक काममा खर्च बढ्नेछ, तथापि सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । नयाँ काममा हातहाल्नुअघि सोचविचार पु¥याउनुहोला । दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्ने योग छ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – प्रतिष्ठित कामको अवसर प्राप्त हुने समय छ । नयाँ काम प्रारम्भ हुन सक्छ । आयआर्जन पनि राम्रै हुनेछ । कतै अतिथिका रूपमा सम्मान प्राप्त होला । स्वास्थ्यमा भने ध्यान राख्नुपर्नेछ । सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन् । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । प्रेमभाव बढ्नेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – आजको दिन सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, तर पनि वित्तादि लाभ हुने देखिन्छ । धन आर्जन गर्ने योग छ । हिम्मतले काम बनाउन सकिनेछ । आरोग्यता र साहस बढ्नेछ । रोकिएको काम बन्नेछ । मित्रजनको सहयोग समर्थन प्राप्ति हुनेछ ।

मकर – आजको दिन स्वास्थ्य कमजोर रहन सक्छ । कुनै अवसर प्राप्त भए पनि इर्ष्यालुजनका कारण खेर जान सक्छ । गोपनीयतामा विशेष ध्यान दिनु हितकर होला । आज छरछिमेकमा विवाद हुन सक्छ, सावधान रहनुहोला । रसराग तथा प्रेम सम्बन्धमा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – परिवारजनमा असमझदारी बढ्नाले काममा बाधा पुग्ने सम्भावना छ । तर व्यापार–ब्यवसायमा बढी नै फाइदा हुने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । आफ्नै कमजोरीले ढिलासुस्ती हुने योग छ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता बृद्धि होला ।

मीन – सामान्यतया दिन राम्रै रहेको छ । पराक्रम बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । सजिलै काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । आफन्तहरूको सञ्जालबाट फाइदा लिन सकिनेछ । समस्याको समाधान प्राप्त हुनेछ ।