आमोदप्रमोदका निम्ति कारदौडमा सहभागी भएका दश जना मारिए

आमोदप्रमोदका निम्ति कारदौडमा सहभागी भएका दश जना मारिए


मेक्सीकोमा एक अज्ञात समूहले आमोदप्रमोदका निम्ति कारदौडमा सहभागी भएकाहरूमाथि सशस्त्र हमला गरेको छ ।

गैरव्यावसायिक चालकहरू सहभागी भएको कारदौडमा एउटा सशस्त्र समूहले अन्धाधुन्ध गोली प्रहार गर्दा १० जनाको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन् ।

बाजा क्यालिफोर्नियाको एन्सेनाडामा राजमार्गको छेउमा पार्किङ गरेका कारदौडका सहभागीहरूलाई गाडीबाट बाहिर निकालेर एक समूहले गोली प्रहार गरेको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै मिलेनियो अखबारले जनाएको छ । घटनाको सुरक्षा अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् ।