जी सेभेन बैठकमा जेलेन्स्कीको नाटकीय उपस्थिति !

जी सेभेन बैठकमा जेलेन्स्कीको नाटकीय उपस्थिति !


  • विशेष प्रतिनिधि, हिरोशिमा (जापान)

भित्री तयारीका बीच बाहिर खुलासा नगरिएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हिरोशिमा भ्रमणसहित जी सेभेन सम्मेलन रुसविरुद्ध ऐक्यबद्धता र युक्रेनको पक्षमा एकमत जनाउनमै केन्द्रित भएर समापन भएको छ ।

रुसी आक्रमणलाई निस्तेज बनाउन आफ्नो देशको प्रयासमा थप समर्थनका लागि जी सेभेन देशका नेताहरू र आठ गैरसदस्य राष्ट्रहरूका आमन्त्रितहरू दुवैलाई आफ्नो मुद्दा राख्न जेलेन्स्कीले धेरै मौका पाए ।

एक दिनअघि नाटकीय रुपमा आइपुगेपछि युक्रेनी नेता जेलेन्स्कीले तीनदिने शिखर सम्मेलनको अन्तिम दुई सत्रहरूमा भाग लिएका थिए । एउटा रूसको आफ्नो देशमा आक्रमण र अर्को शान्ति र स्थिरतामा केन्द्रित बताइएको थियो । पहिलोमा जी सेभेन नेताहरू र भारत, ब्राजिल र दक्षिण कोरियाका प्रमुखहरू उपस्थित थिए, जबकि अर्कोमा अतिथिको रूपमा आमन्त्रित बाँकी पाँच गैरसदस्य राष्ट्रहरूका नेताहरू पनि थिए । यसमा अस्ट्रेलिया, भियतनाम, इन्डोनेसिया, कोमोरोस (अफ्रिकी संघका वर्तमान नेता) र प्रशान्त टापु फोरमको वर्तमान अध्यक्ष सहभागी थिए ।

पहिलो सत्रको छलफलपछि जापानी प्रधानमन्त्री फुमियो किशिदाले जि सेभेनले जेलेन्स्कीको न्यायपूर्ण र दिगो शान्तिको लागि निष्कपट प्रयासहरूको स्वागत गर्दै कूटनीतिक, वित्तीय, मानवीय सहयोग प्रदान गर्न आफ्नो प्रतिबद्धतामा एकजुट रुपमा जी सेभेन देशहरुले प्रकट गरेका थिए, जसमा युक्रेनलाई अधिकतम रुपमा सैन्य सहयोग समेत रहेको थियो ।

जी सेभेन नेताहरूले युक्रेनमा शान्ति पुनर्स्थापित गर्न र नियमहरूमा आधारित स्वतन्त्र र खुला अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षा गर्न आफ्नो दृढ संकल्प दोहोऱ्याएका थिए ।

जी सेभेन देशहरुको सहयोग निरन्तर पाउने आश्वासनपछि हौसिएका जेलेन्स्कीले भनेका छन् ‘जति धेरै हामी सबै मिलेर काम गर्छौं, संसारमा अरू कसैले रूसको पागल बाटो पछ्याउने सम्भावना कम छ ।’

मस्कोमाथि अन्तर्राष्ट्रिय दबाब बढाउन कटिबद्ध, जेलेन्स्कीले शिखर सम्मेलनमा कुनै पनि शान्ति सम्झौतामा पुग्नु अघि रूसी सेनालाई आफ्नो देश छोड्नुपर्ने आवश्यकतामा जोड दिए ।

पर्यवेक्षकहरूले युक्रेन युद्ध अन्त्य गर्न रुससँग वार्ताको टेबलमा फर्कनुपर्नेमा बहस गरिरहेका छन् । यद्यपि, त्यहाँ शत्रुताको अन्त्यले नयाँ द्वन्द्वलाई निम्त्याउन सक्छ भन्ने चिन्ताहरू पनि अभिव्यक्त भइरहेका छन् ।

जेलेन्स्कीको हिरोशिमा भ्रमण युत्रेनले ठूलो मात्रामा नष्ट भएको पूर्वी युक्रेनी शहर बाख्मुतलाई पूर्ण रूपमा कब्जा गरेको रुसी दाबीका बिचमा आएको हो, तर युक्रेनले यसको खण्डन गरेको छ ।

पछिल्लो रिपोर्टले युक्रेनले पश्चिमा देश र अमेरिकी घातक हतियार र सेनाको साथमा रुसविरुद्ध प्रत्याक्रमण तयारी गरिरहेको पश्चिमा दाबीका बीचमा आउँदा युक्रेनमा रुसी सैन्य दबदबा झनै घनिभुत रुपमा बढिरहेको देखाएको छ ।