आजको पञ्चाङ्ग एवम् राशिफल (८ जेष्ठ २०८० सोमबार, २२ मे २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (८ जेष्ठ २०८० सोमबार, २२ मे २०२३)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८० ज्येष्ठ ८गते तद्अनुसार सन् २०२३ मे २२ तारिख सोमबार ज्येष्ठ शुक्ल पक्षको तृतीया तिथि मृगशिरा नक्षत्र १०ः२० पर आर्द्रा नक्षत्र धृति योग तैतिल करण आनन्दादिमा आनन्द योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१४ मा भयो र सूर्यास्त साँझ १८ः४८ बजे हुनेछ । कौशिकी उत्पत्ति, महाराज छत्रशाल जन्मजयन्ती ।

आजको राशिफल

मेष – आजको दिन स्वास्थ्य सबल रहनेछ भने शरीरमा उत्साह र कामबाट पनि फाइदा मिल्नेछ । मेहनतले सम्मानित स्थान दिलाउला । तथापि, बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्ने र आश्वासन दिएर झुक्याउनेहरूले सताउने योग भएकोले सचेत रहनुहोला । सन्तानको सुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – मिहेनतले धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ भने अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ तर स्वास्थ्य भने केही कमजोर रहनाले जाँगरमा कमी आउने सक्छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मिथुन – प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिने समय छ । आर्थिक पक्ष सुदृढ बन्नुका साथै न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । कीर्तिमानी काम सम्पादन होला । आरोग्यता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट – मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नेछ भने सहयोगीहरूले साथ दिनेछन् । आज सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । रसरागमा आकर्षण बढ्नेछ । खेलकुद तथा भ्रमणमा रुचि बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

सिंह – विशेष यात्राको सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो होला । आफन्तबाट टाढिनुपर्ने समय छ । बोलीको प्रभाव बढ्नेछ । वैदेशिक क्षेत्रबाट सामान्य लाभ उठाउन सकिने योग छ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शांति बढ्ने योग छ ।

कन्या – कर्मबल बढ्नेछ । तर, आज पारिवारिक सहयोग प्राप्त भए पनि दोधारको अवस्था सिर्जना हुनसक्छ । स्वास्थ्यसम्बन्धी सामान्य समस्या देखापर्न सक्छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमीकमजोरीलाई सुधार गर्ने अवसर मिल्ला । श्रमको भने उचित मूल्य नमिल्न सक्छ, ध्यान राख्नुहोला । यात्रामा भने सफलता प्राप्त हुनेछ ।

तुला – आजको दिन बोलीको विपरीत अर्थ लाग्न सक्ने समय भएकोले मुखलाई नियन्त्रणमा राख्नुहोला । नयाँ कामको प्रस्ताव आउने योग छ । सहयोगीहरू प्रशस्तै भेटिनेछन् भने प्रशस्त धन आर्जन हुन सक्छ । सरसापटमा धन खर्च हुने दिन छ । रसरागमा आकर्षण बढ्नेछ ।

वृश्चिक – बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । आजको दिन बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, । अर्थलाभको योग पनि छ । आम्दानीको स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । पराक्रम वृद्धि हुनेछ । योजना र बजेट बनाइ कार्य गरे अझ हितकर होला ।

धनु – भाग्योन्नतिको समय छ । पढाइलेखाइमा प्रगति हुनेछ । आज स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिने छ । प्रयास गर्दा उधारो लगाइएको धन उठ्ने योग छ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिने छ । आज खर्चको मात्रा भने बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । आयस्रोत बढ्ला ।

कुम्भ – जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला । प्रेमभाव बढ्नेछ । रोकिएको काम बन्नेछ ।

मीन – आज रमाइलो जमघटको अवसर प्राप्त हुने देखिन्छ । सामाजिक काममा रुचि बढ्नेछ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । विभिन्न उपहार प्राप्त हुने समय छ । नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । सामर्थ्य बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । सुख विलास पनि बढ्नेछ ।