आजको पञ्चाङ्ग एवम् राशिफल (९ जेष्ठ २०८० मंगलबार, २३ मई २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (९ जेष्ठ २०८० मंगलबार, २३ मई २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ ग्रीष्म ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० ज्येष्ठ ९ गते मंगलबार तद्अनुसार सन् २०२३ मे २३ तारिख ज्येष्ठ शुक्ल पक्षको चतुर्थी तिथि आर्द्रा नक्षत्र शूल योग वणि करण आनन्दादिमा चर योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ५ः१३ मा भयो र सूर्यास्त साँझ १८ः४९ बजे हुनेछ । मंगलचौथी व्रत ।

आजको राशिफल

मेष – व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ । मान, विद्या र धन प्राप्त हुने समय छ । पुरानो समस्याले केही झमेला आइलाग्न सक्ने योगसमेत भएकोले सचेत रहनु हितकर होला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । मित्रजनको साथ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आज स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउने सम्भावना छ । नचिताएको ठाउँमा धननाश हुन सक्छ । सामान्य उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ला । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । ागमा आकर्षित हुनु हुनेछ ।

मिथुन – काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल र चुनौती बढ्ला । तथापि, नयाँ काममा हात हाल्ने समय आएको छ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ । अल्छी गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । आरोग्यता बढ्नेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । अवसरलाई पछ्याउने प्रयत्न गर्नुहोला । कार्यबल बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – आजको दिन सेवामूलक कामबाट धनलाभ होला । सहयोगी या आफ्ना सन्तानको माध्यमबाट काम बन्नेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यापारमा नसोचेको फाइदा उठ्ने देखिन्छ तर नयाँ योजना कार्यान्वयनमा ल्याउन समस्या पर्ला । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिने समय छ । खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ । रसरागको भाव वृद्धि हुनेछ ।

कन्या – शुभचिन्तकहरूको सुझावले फाइदा दिलाउने समय छ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । तथापि, इरेष्या गर्नेहरूले भने दुःख दिन सक्छन्, सावधान रहनुहोला । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । विशेषतः आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला – विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । तथापि, सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । अप्रिय समाचार मिल्नसक्ने योग छ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिने दिन छ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका मिल्ला । प्रतिभाको कदर हुनेछ । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ । कार्यबोझ वृद्धि हुनेछ । भ्रमण कार्यमा आकर्षण बढ्नेछ । कर्ममा सफल साबित हुनुहुनेछ ।

धनु – सहयोगीहरूले फाइदा दिलाउने समय छ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । परिस्थितिअनुसार चल्न नसक्दा कार्य अधुरो र दुःख मिल्ने योग भएकोले सचेत रहनुहोला । मान्यजनसँग असमझदारी बढ्न सक्छ । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । दीगो फाइदा हुने काम सुरु हुन सक्छ । मित्रजनको सहयोग र समर्थन प्राप्ति हुनेछ ।

मकर – आजको दिन अरूको सुझावमा भर नपर्नुहोला । कसैसँग सामान्य मनमुटाव पनि पर्न सक्छ, सावधान रहनुहोला । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । पढाइलेखाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । आरोग्य बढ्नेछ । यश वर्चश्व वृद्धि होला ।

कुम्भ – कुनै महत्वाकांक्षी योजना छ भने तत्काल सार्वजनिक नगर्नु नै बेस होला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिने समय छ । स्वास्थ्य केही कमजोर भएको अनुभूति होला । लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ । प्रेमभाव बढ्नेछ । यात्रापरक काममा सफलता प्राप्त हुनेछ ।

मीन – कामबाट फुर्सद मिल्ला । कतै अतिथिका रूपमा सत्कार पाइने योग छ । प्रयत्न गर्दा घरेलु काममा फाइदा होला । रोकिएका काममा दोहो¥याएर प्रयत्न गरे सफलता मिल्ने दिन छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।