आजको पञ्चाङ्ग एवम् राशिफल (१० जेष्ठ २०८० बुधबार, २४ मई २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१० जेष्ठ २०८० बुधबार, २४ मई २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ ग्रीष्म ऋतु वि.सं. २०८० ज्येष्ठ १० गते बुधबार तद्अनुसार सन् २०२३ मे २४ तारिख ज्येष्ठ शुक्ल पक्षको पञ्चमी तिथि पुनर्वसु नक्षत्र गण्ड योग बब करण आनन्दादियोगमा गद योग चन्द्रमा मिथुन राशिमा ७ः५१ बजेसम्म त्यसपछि कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ५ः१३ बजे भयो र सूर्यास्त साँझ १८ः४९ बजे हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन रमाइलोसँग बित्ला । आयआर्जनका स्रोत बढ्ने तथा रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । दाम्पत्य जीवन रमाइलो रहनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । विलासी काममा सफलता मिल्नेछ । इष्टमित्र एवम् सन्तानबाट सुख प्राप्त हुनेछ ।

वृष – दिगो फाइदा हुने काम शुरु हुन सक्ने समय रहेकोले चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । मेहनतले धेरैको मन लोभ्याउन सकिनेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । तर बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानसक्छ, सचेत रहनुहोला । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – व्यवसायमा लगानी बढाउन सकिनेछ । पहिलेका समस्या दोहोरिन सक्ने र मुख्य काममा बाधा हुँदा मन खिन्न रहने योग पनि छ । परिस्थिति अप्ठ्यारो देखिए पनि केही काम भने बन्नेछन् । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ । रसरागमा आकर्षण बढ्नेछ । साझेदारीको काममा सफलता मिल्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – आज नयाँ कामको प्रस्ताव आउन सक्छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । तपाईंका कामको प्रशंसा हुनेछ । आयआर्जन पनि राम्रै हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका अन्य काम बन्नेछन् । आनन्द वृद्धि होला ।

सिंह – बोलीको भरमा काम सम्पादन हुने योग छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । नचिताएको फाइदा हुने योग छ । चुनौतीहरू स्वतः हट्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । शुभ समाचार प्राप्त होला । आफन्तसित भेटघाट हुनेछ । पारिवारिक सुखशांति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या – समय मिश्रित परिणाम दिने प्रकारको रहेको छ । लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ । पढाइलेखाइमा पनि समय दिन नसकिएला । हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम मिल्नेछ । आयबल बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।

तुला – विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । आज धन आर्जनको योग छ । विछोडिएका परिवारजनसँग भेटघाट होला । विभिन्न अवसर जुटे पनि अरूलाई आश्वासन दिने बानीले दुःख पाइनेछ, सचेतनापूर्वक व्यवहार गर्नुहोला । स्वास्थ्य केही कमजोर रहला । दायित्व वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

वृश्चिक – सानातिना घरेलु काममा अल्झनुपर्ने समय छ । घरसल्लाह पनि नमिल्न सक्छ । सवारी साधनको प्रयोगमा आज विशेष सावधानी अपनाउनु हितकर होला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भेटिनेछन् । कार्यमा सफलता प्राप्त हुनेछ । शुभ काममा आकर्षण बढ्नेछ । शत्रुलाई जित्ने क्षमता वृद्धि होला ।

धनु – सहयोगीहरूले काममा साथ दिनाले आज राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ भने प्रशंसकहरू बढ्नेछन् । कामले अरूको मन लोभ्याउन सकिएला । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्यजस्ता क्षेत्रमा रुचि बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – आम्दानीका नयाँ स्रोत फेला पर्ने समय छ । गरेका कामबाट प्रशस्त लाभ होला । आत्मीयजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । व्यवसायमा लाभ मिल्ला । । श्रमको उचित मूल्यांकन हुनेछ । सामाजिक कामको दायित्व बढ्ने योग छ । आरोग्यबल बढ्नेछ । मनोकूलको काममा सफलता मिल्ने समय छ ।

कुम्भ – समय सामान्य छ । व्यापारमा लाभ होला । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । अवसरवादीहरूले फसाउने चेष्टा गर्ने योग रहेकोले विशेष योजना गोप्य राख्नुहोला । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – रोकिएका काम सम्पादन हुनेछन् । आजको दिन विशेष सभा–समारोहमा सहभागी बन्ने मौका जुट्न सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्ने भएकाले सावधानी अपनाउनुहोला । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार गर्नु हितकर होला । आफन्तको साथ कमै मिल्नेछ तर वार्तामा सफलता प्राप्त होला । समस्याको समाधान मिल्नेछ ।