रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीमा आज भएको जिप दुर्घटनामा परेर पाँचजनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । जिपमा १५ जना सवार थिए ।
गम्भीर घाइते पाँचै जनालाई उपचारका लागि हेलिकोप्टरमा बाँकेको नेपालगन्ज लगिए पनि उनीहरुको मृत्यु भएको बताइएको छ । अन्य घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सानीभेरी गाउँपालिका-५ मेलचौरबाट दुली हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाँदै गरेको लु१ज १७४७ नम्बरको जिप दुलीको मोतिखोलामा दुर्घटना भएको हो । जिप सडकबाट करिब चार सय मिटर तल खसेको बताइएको छ ।
प्रतिक्रिया