आजको पञ्चाङ्ग एवम् राशिफल (१४ जेष्ठ २०८० आइतबार, २८ मई २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१४ जेष्ठ २०८० आइतबार, २८ मई २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ ग्रीष्म ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० ज्येष्ठ १४ गते आइतबार तद्अनुसार सन् २०२३ मे २८ तारिख ज्येष्ठ शुक्ल पक्षको अष्टमी तिथि ७ः३८ पर नवमी तिथि पूर्वाफाल्गुणी नक्षत्र हर्षण योग बालव करण आनन्दादिमा छत्र योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः१२ मा भयो र सूर्यास्त साँझ १८ः५२ बजे हुनेछ । अष्टमी व्रत, गोरखकाली पूजा,वायुअष्टमी ।

आजको राशिफल

मेष – आजको दिन लेनदेनको समस्याले सताउन सक्छ । ब्यापारमा पनि घाटा पर्न सक्छ । सानातिना घरायसी काममा समय खर्च हुनेछ । यात्रामा आज विशेष सावधान रहनु हितकर होला । यात्रामा सफलता प्राप्त हुनेछ भने मित्रजनको साथ प्राप्त हुनेछ । वर्चश्व वृद्धि होला ।

वृष – दिन शुभदायी छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ भने मित्रजनले प्रशंसा गर्नेछन् । विरोधिहरू नै प्रशंसक बन्नेछन् । गलत लेनदेनमा समस्या आउन सक्छ, सचेत रहनुहोस् । व्यस्तता वृद्धि हुनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनु हुनेछ । मानप्राप्तिको योग छ ।

मिथुन – अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । धनलाभ होला । लामो समयदेखि रोकिएका कामहरू बन्न सक्छ । पराक्रम बढनुको साथै अधुरा काम बन्नेछ । पराक्रम बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्ला । कार्यगति वृद्धि हुनेछ ।

कर्कट – रुचिका विषयमा लगानी बढाउने समय छ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । प्रेमसम्बन्ध र दाम्पत्य सुखको योग छ । स्वास्थ्य स्थितिमा सुधार आउने छ । कार्यबोझ भने बढ्ला । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – अन्य कोणबाट समय राम्रो भएपनि आज खर्च र विवाद बढ्न सक्छ । शत्रुले सताउने योग छ, सावधान रहनुहोला । आरोग्यबल बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । खेलकुद भ्रमण आदिमा आकर्षण बढ्ला । रसरागको भाव वृद्धि हुनेछ ।

कन्या – भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । विभिन्न अवसरले पछ्याउनेछन् । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ । प्रेमसम्बन्ध बलियो रहनेछ । आफन्तजनको उचित सहयोग मिल्ला । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

तुला – धन मान पाउने योग छ । गरेको कामबाट फाइदा नै हुनेछ । व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने सम्भावना छ । अरुको विश्वास जित्न सजिलै सकिनेछ । आयबल बढ्नेछ । मान सम्मान वृद्धि एवम् मिठो भोजन खान पाउनुहुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – फुर्सदिलो समयको अनुभूति होला । अनुकूल यात्राको सम्भावना छ । यात्रामा विशेष लाभको योग छ । दिन सामान्य नै छ । कर्मबल बढ्नेछ । सकारात्मक कामले सार्थकता पाउला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

धनु – आजको दिन त्यति शुभदायी नरहन सक्छ । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । आर्थिक समस्याले सताउने र लेनदेनमा विवाद हुने योग छ । पढाइलेखाइमा ध्यान दिन नसकिएला । आरोग्यता बढ्नेछ । मित्रजनको सहयोग-समर्थन प्राप्त हुनेछ ।

मकर – दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ । गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने छ भने अरुको काममा ज्यादा समय बिताउनुपर्ला । तथापि, नोकरी तथा राजनीतिमा सम्मान पाउने योग छ । रसराग प्रेममा सफलता मिल्नेछ । जोखिम बढ्ने समय छ ।

कुम्भ – विरोधिले पनि प्रशंसा गर्ने समय छ । दाम्पत्य सम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धन कसिलो होला । धनलाभको योग छ । सम्मान-प्रतिष्ठामा वृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । समस्याको समाधान मिल्नेछ । नयाँ सम्भावना देखापर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मीन – भाग्य बलियो छ । परिश्रमले धेरै काम बन्नेछ भने आज धनलाभको योग छ । मनोरञ्जनका साथ दिन बित्नेछ । मित्रजनको साथ-सहयोग मिल्नेछ । आरोग्यता र सामर्थ्य बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।