अमेरिकामा मोटरसाइकल ऱ्यालीमा गोली प्रहार हुँदा तीन जनाको मृत्यु

अमेरिकामा मोटरसाइकल ऱ्यालीमा गोली प्रहार हुँदा तीन जनाको मृत्यु


अमेरिकाको न्यु मेक्सिको राज्यको रेड रिभर शहरमा शनिबार आयोजित वार्षिक मोटरसाइकल ऱ्यालीमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

गोलीबारी गिरोहसँग सम्बन्धित भएको पाइएको रेड रिभरका मेयर लिन्डा काल्हौनले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । उनले सो काण्डमा तीन जनाको मृत्यु र पाँच घाइते भएको पुष्टि गरेका छन् ।

मे २५ देखि २९ सम्म चल्ने ४१औँ वार्षिक रेड रिभर मेमोरियल मोटरसाइकल ¥यालीमा “विभिन्न पृष्ठभूमिका २८ हजार मोटरसाइकल” सो ऱ्यालीमा सहभागी भएको वेबसाइटमा उल्लेख छ ।