आजको पञ्चाङ्ग एवम् राशिफल (१६ जेष्ठ २०८० मंगलबार, ३० मई २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१६ जेष्ठ २०८० मंगलबार, ३० मई २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८० ज्येष्ठ १६ गते तद्अनुसार सन् २०२३ मे ३० तारीख मंगलबार ज्येष्ठ शुक्ल पक्षको दशमी तिथि हस्ता नक्षत्र सिद्धि योग वणि करण आनन्दादिमा सौम्य योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५:११ मा भयो र सूर्यास्त सांझ १८:५३ बजे हुनेछ । गंगा दशहरा, रामेश्वर गंगा पूजा, हत्यामोचन तीर्थस्नान, रुरु रिडिक्षेत्र, ऋषिकेशोत्सव, वज्रसम्भवजयन्ती, गोसाइँकुण्ड स्नान समाप्ति ।

आजको राशिफल

मेष – समय राम्रै छ । मन उल्लसित रहला । आफन्त एवम् मित्रजनले काममा साथ दिने छन् । बौद्धिक कार्यबाट केही न केही लाभ हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्ने योग भए पनि प्रयत्न गर्दा सफलता मिल्ने र धनलाभ हुने देखिन्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । मित्रभाव वृद्धि होला । आमोदप्रमोदमा रम्ने माहोल सिर्जना होला ।

वृष – समय त्यत्ति शुभदायी नभएकोले सोचविचार गरेर मात्र कदम चाल्नु हितकर हुनेछ । कुरा काट्नेहरु सक्रिय रहन सक्छन् । कतै सामान्य विवाद हुन पनि सक्छ । हातहतियारबाट जोग्गिएर काम गर्नुहोला । परिवारजनमा असमझदारी बढ्ने योग भएकोले बोली र व्यवहारमा लगाम लगाउनु उचित हुनेछ । यात्रा परक काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

मिथुन – आजको दिन मिश्रित फलदायी रहला । कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ भने नियमित कार्यमा पनि जाँगर चल्ने छैन । काममा बाधा दिनेले चुनौती खडा गर्न सक्छन् तर हानी नै पुऱ्याउन भने सक्नेछैनन् । समस्याको समाधान प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – अधुरा काम बन्ने तथा नयाँ काम शुरु हुने योग छ । पराक्रम बढ्ला । पाहुना आगमन एवम् मित्रजनसँग भेट हुने समय छ । अध्ययन-अध्यापनमा मन नजाला । सामाजिक उत्तरदायित्व हासिल हुने सम्भवना छ । नयाँ काम र जिम्मेवारी हात पार्ने प्रयासले सार्थकता पाउला । सामर्थ्य वृद्धि हुनेछ । रसरागमा आकर्षण र खेलकुद, भ्रमण जस्ता कार्यमा रुचि बढ्नेछ । मिठो भोजन प्राप्त होला ।

सिंह – आर्थिक लाभ हुने दिन छ । प्रायः सबै कामहरू बन्नेछन् । आम्दानीको नयाँ श्रोत फेला पर्ने योग छ । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले अरुको विश्वास सहजै जित्न सकिएला । सृजनात्मक काममा सफलता पाइने छ । ब्यापारमा पनि फाइदा होला । मित्रजनको साथ मिल्नेछ । पारिवारिक सुख शांति बढ्नुको साथै कार्य सफल होला ।

कन्या – दिन खासै शुभदायी देखिन्न । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव पैदा हुनसक्ने सम्भावना रहेकोले आजको दिन धैर्यको दरकार बढ्ला । विवाद बढ्ने, धननास हुने र । घरायसी सम्पत्तिको चिन्ताले सताउने योग छ । सामाजिक मर्यादामा संकट आउन सक्छ, सावधान रहनुहोला । सन्तान पक्षबाट साथ–सहयोग र सुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

तुला – व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कुनै काममा नजिकको नातेदारको समर्थन पाउने दिन छ । रुपैयापैसा तथा अन्नको लाभ होला । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – शुभता बढ्नेछ । धन कमाउने बाटाहरुको थालनी हुने समय छ । रोकिएका योजनाहरू अघि बढ्लान् । दिन खुशीसाथ बित्ने छ, परिवारमा पनि सुखको माहोल बन्न्नेछ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । शुभ काममाआकर्षण बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु – दिन उल्लासमय रहला । परिवारमा खुशिको माहोल छाउनेछ । नयाँ ठाउँको यात्राको योग छ । पुराना मित्रजनसँगको भेटघाटले मन हर्षित होला । कर्मबल बढ्नेछ । धनार्जन हुने समय छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – समय मध्यमस्तरको छ । अर्थहानी हुने र स्वास्थ्यसम्बन्धी सामान्य समस्या पैदा हुने योग छ । कुनै खिन्नता जगाउने समाचार प्राप्त हुन सक्छ, धैर्य राख्नुहोला । आजको दिन सोचेअनुरुप काम नहोला । भएको दायित्वलाई पूरा गर्नुहुनेछ । नियमित काममा सफलता मिल्नेछ ।

कुम्भ – जोखिम बढ्ने समय छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ तर सोचेको काममा भने बाधा ब्यहोर्नुपर्ला । अरुको काममा समय बित्न सक्छ । काम गरेर पनि जश पाउने सम्भावना कमै रहनेछ । फल हात नलागे पनि हानी नहोला । कठोर मिहीनेतले काममा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ ।

मीन – धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइने समय छ । स्वास्थ्य सवल बन्ला । व्यवसायबाट लाभ मिल्नेछ भने अध्ययन-अध्यापनमा सफलता मिल्ला । नयाँ काममा हात हाल्नु दीर्घकालिक हितका हिसाबले उपयुक्त हुनेछ । प्रेमभाव वृद्धि हेला । वार्तामा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।