भारत र श्रीलङ्काबीच एक अर्ब अमेरिकी डलर ऋण सुविधा खरिद गर्ने सम्झौता

भारत र श्रीलङ्काबीच एक अर्ब अमेरिकी डलर ऋण सुविधा खरिद गर्ने सम्झौता


श्रीलङ्काका जनताप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै भारतले मङ्गलबार कोलम्बोसँग औषधि, खाद्यान्न र अन्य बस्तु खरिदका लागि अमेरिकी डलर एक अर्ब ऋण सुविधा प्रयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।

भारतका लागि श्रीलङ्काका उच्चायुक्त मिलिन्डा मोरागोडाले आज उच्चायोग परिसरमा नयाँ दिल्लीस्थित ट्रेड कमिश्नरहरू/वाणिज्य कूटनीतिज्ञहरूसँग श्रीलङ्कालाई सो सुविधामा सहजीकरण गर्ने बारे अन्तरक्रिया भएको थियो ।

बैठकमा उच्चायुक्त मोरागोडाले सहभागीहरूलाई अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको विस्तारित कोष सुविधा (ईएफएफ) व्यवस्थाका साथै भारतीय रूपैयाँ व्यापार र भारतसँग योजनाबद्ध आर्थिक एकीकरणको बारेमा जानकारी गराएका छन् ।

छलफलले भारतको संलग्नतामा त्रिपक्षीय सहयोगलगायत श्रीलङ्कामा आर्थिक पुनरुत्थानलाई प्रवर्द्धन गर्न विशेष ध्यान केन्द्रित गर्दै व्यापार र वाणिज्यसँग सम्बन्धित विषयहरूको विस्तृत दायरालाई समेटेको थियो ।

यसवर्षको मार्चमा कोष कार्यकारी बोर्डले श्रीलङ्काको आर्थिक नीति र सुधारहरूलाई समर्थन गर्न तीन अर्ब अमेरिकी डलरको विस्तारित कोष सुविधाअन्तर्गत ४८ महिनाको विस्तारित व्यवस्थालाई अनुमोदन गरेको थियो ।