प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्ली प्रस्थान

प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्ली प्रस्थान


photo: rss

प्रधानमन्त्री प्रचण्ड चारदिने औपचारिक भारत भ्रमणका लागि आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्ड मध्याह्न १३ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नम्बर आरए २१७ बाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, विशिष्ट कर्मचारी, संवैधानिक आयोगका प्रतिनिधिलगायत विशिष्ट पदाधिकारीले बिदाइ गर्नुभयो ।

सो अवसरमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।