प्रधानमन्त्री प्रचण्ड र भारत सरकारका सुरक्षा सल्लाहकार डोभालबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र भारत सरकारका सुरक्षा सल्लाहकार डोभालबीच भेटवार्ता


photo : rss

भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डसँग भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न डोभाल नयाँ दिल्लीस्थित होटल मौर्यमा पुगेका थिए । बुधबार अपराह्न भएको सो भेटमा द्विपक्षीय हित र चासोका बारेमा कुराकानी भएको थियो ।

यसैबीच आजै प्रधानमन्त्री प्रचण्डसँग भारतीय विदेश सचिव विनयमोहन क्वात्राले पनि भेटवार्ता गरेका छन् ।