आजको पञ्चाङ्ग एवम् राशिफल (१९ जेष्ठ २०८० शुक्रबार, २ जुन २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१९ जेष्ठ २०८० शुक्रबार, २ जुन २०२३)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ ग्रीष्म ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० ज्येष्ठ १९ गते शुक्रबार, तद्अनुसार सन् २०२३ जुन २ तारिख ज्येष्ठ शुक्ल पक्षको त्रयोदशी तिथि स्वाती नक्षत्र ५:४० पर विशाखा नक्षत्र परिघ योग गर करण आनन्दादिमा गद योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहला । काठमाण्डौमा सूर्योदय बिहान ५:१० मा भयो र सूर्यास्त सांझ १८:५४ बजे हुनेछ ।

आजको राशिफल

मेष – विशिष्टजनको आशीर्वादले रोकिएको काम बन्न सक्छ ।सहयोगीहरूले साथ दिनेछन् भने काममा सोचेजस्तै सफलता मिल्नेछ । आर्थिक लाभ प्राप्त होला । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । इर्ष्यालुजनले काममा अवरोध दिने प्रयास गर्न सक्छन्, तर जित तपाईंकै होला । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । मित्रजनको साथ प्राप्त हुनेछ ।

वृष – रोकिएका काम सम्पादन हुने दिन छ । धार्मिक कार्यमा मन जाला । बौद्धिक क्षेत्रको काममा लामो यात्राको सम्भावना छ । सवारी साधन प्रयोग गर्दा तपाईंको सचेतनाका कारण जोखिमबाट मुक्त रहनुहनेछ । कसैसंग सामान्य झगडा वा विवाद हुन सक्ने योग छ, सावधानीका साथ व्यवहार गर्नुहोला । आरोग्य वृद्धि हुनेछ । कार्यमा सफलता प्राप्त हुनेछ । आशा उत्साह थपिनेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – प्रेमभाव बढ्ने तथा रसरागमा आकर्षण बढ्ने समय छ । सुख वृद्धि होला । कतै लामो यात्रा गर्नु छ भने आजको दिन शुभकारी छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि तिनले अन्ततः परास्त हुनुपर्ला । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुने समय छ । वरिष्ठ व्यक्तित्व अथवा मान्यजनसँग सुमधुर सम्बन्ध रहने छ । आर्थिक पक्ष सबल हुनाले बन्दव्यापारबाट फाइदा हुनेछ । कपडा वा धातुको कुनै बस्तु खरिद गर्दा चाहिँ राम्ररी मोलतोल गर्नु हितकर होला । कार्यबोझ वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखापर्ने योग छ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । प्रेमबल बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कन्या – प्रयासरत काममा सफलता प्राप्त हुने समय छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका जुर्ला । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल होला । स्वास्थ्यमा भने सामान्य समस्या देखापर्ने देखिन्छ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नु हितकर हुनेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पढाइमा सुधार आउला । अप्ठ्यारो परिस्थितिमा पनि केही महत्वपूर्ण काम बन्नेछन् । आरोग्यता बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – आजको दिन कार्यबोझ वृद्धि भएको अनुभूति होला । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुने समय छ । आर्थिक पक्ष सुदृढ बन्नेछ । तथापि, मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ । यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ । सवल स्वास्थ्यका लागि आज खानपानमा नियन्त्रण गर्नु हितकर होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

धनु – आयबल बढ्नेछ । रोकिएको काम बन्नेछ । पारिवारिक सहयोग प्राप्त होला । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । मनोरञ्जन पूर्ण समय रहेको छ, तर कामधन्दाको चापका कारण दाम्पत्यजीवन तथा प्रेमी वा प्रेमिकासँगसामान्य चिसोपन देखिन सक्छ । साझेदारीको काम बन्नेछ । मित्रजनको सहयोग र समर्थन प्राप्ति हुनेछ ।

मकर – कर्मबल बढ्नेछ । तर, आजको दिन बोलीको विपरीत अर्थ लाग्न सक्ने योग रहेकोले बोली र व्यवहारलाई नियन्त्रणमा राख्नु हितकर होला । नचिताएको स्थानबाट धनागमनको सम्भावना छ । उल्लासपूर्ण समय रहला । मिठो भोजन प्राप्त हुनेछ । भ्रमण वृद्धि हुनेछ । आशा उत्साह बढ्ला । रसराग प्रेममा सफलता मिल्नेछ ।

कुम्भ – पारिवारिक वातावरण तपाईंको अनुकूल नभएजस्तो लागे पनि पराक्रम र उत्साह बढ्नेछ । स्वास्थ्य सबल रहनेछ र, काममा पनि फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । भाग्यबल बढ्नेछ । प्रयासरत काम बन्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । मीठो भोजन प्राप्त हुनेछ ।

मीन – बौद्धिक प्रतिस्पर्धामा विजयी भइने दिन छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।