आजको पञ्चाङ्ग एवम् राशिफल (२० जेष्ठ २०८० शनिबार, ३ जुन २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२० जेष्ठ २०८० शनिबार, ३ जुन २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८० ज्येष्ठ २० गते तद्अनुसार सन् २०२३ जुन ३ तारिख शनिबार ज्येष्ठ शुक्ल पक्षको चतुर्दशी तिथि १०ः२७ पर पूर्णिमा तिथि विशाखा नक्षत्र ५ः४५ पर अनुराधा नक्षत्र शिव योग भद्रा करण आनन्दादिमा शुभ योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५४ बजे हुनेछ । पूर्णिमा व्रत ।

आजको राशिफल

मेष – अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । शत्रुमाथि विजय प्राप्त होला । इष्टमित्र सन्तानबाट सुख प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – दौडधुपका साथै जोखिम बढ्नेछ । कठोर मिहीनेतले काममा सफलता मिल्ला । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । खर्चको मात्रा बढ्ने देखिन्छ । आफ्नै कमजोरीले विवादमा परिएला । अरुबाट आलोचना हुने, काममा बाधा आउने योग छ । यसका बाबजुद तपाईंको प्रतिभाको उच्च मूल्यांकन हुनेछ । राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मिथुन – आत्मविश्वास बढ्नेछ भने रोकिएका काम बिस्तारै बन्नेछन् । जिम्मेवारी बढिरहनेछन् । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । महत्वपूर्ण अवसर गुम्न सक्ने योग पनि छ । जीवनसाथीको समस्याले चिन्ता बढाउन सक्छ । स्थायी सम्पत्तिका विषयमा केही विवाद आउन सक्छ । तथापि, समस्याको समाधान प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा पछि परिएला । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । मानसम्मानका साथमा प्रशस्तै आम्दानी बढ्ने समय छ । जीवनसाथीको सहयोगले लाभ मिल्नेछ । प्रेमभाव र सामर्थ्य वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । खेलकुद र भ्रमणमा रुचि बढ्नेछ ।

सिंह – नयाँ काम सुरु गर्ने समय छ । रोकिएका काम पनि बन्नेछन् । उद्योग र व्यापारमा विशेष फाइदा होला । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । प्रेमजीवन सार्थक होला । उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ । स्वास्थ्यमा सामान्य समस्या देखापर्न सक्छ, खानपानमा ध्यान दिनु आवश्यक छ । यात्रा गर्नुहुनेछ । पारिवारिक सुख शांति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ । ब्यस्तता बढ्ला ।

कन्या – पराक्रमका साथै शुभता वृद्धि हुने दिन छ । पारिवारिक सुख शान्ति समृद्धि बढ्नेछन् । कर्मको उचित प्रतिफल पाइनेछ । धन आर्जन गर्ने समय छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ भने कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला – पारिवारिक जमघटमा मन रमाउनेछ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । रसरागमा आकर्षण बढ्नेछ । कार्यव्यपारमा सफलता प्राप्त होला ।

वृश्चिक – गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ, तर प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नु हितकर होला । आफन्तबाट टाढिनुपर्ने समय छ । विलासितामा खर्च बढ्नेछ । पराक्रम वृद्धि होला । दाम्पत्यसुख बढ्नेछ । कार्यमा सफलता प्राप्त हुनेछ । योजना र बजेट बनाइ कार्य गर्ने प्रयत्न गर्नुहोला ।

धनु – आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागे पनि कामसम्पादन हुनेछन् । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । नसोचेको ठाउँबाट धन प्राप्त भइ मन प्रशन्न हुनेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – लगानी र खर्च वृद्धि हुने समय छ । तर, कार्यमा सफलता प्राप्त हुनेछ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकले काम लिने प्रयत्न गर्नुहोला । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । लामो यात्राको सम्भावना छ । लाभ हुने काम प्रारम्भ गर्ने योग छ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् । आरोग्यबल बढ्नेछ । सन्तानको सुख प्राप्त हुनेछ ।

कुम्भ – कर्मबल बढ्ने र परिश्रमको बलले काममा सफलता मिल्ने समय भए पनि आलस्यले गर्दा अवसर गुम्न सक्छ, सचेत रहनुहोस् । आर्थिक कारोवार गर्नुअघि धेरै विचार गर्नुपर्नेछ । नयाँ काम पाइने योग छ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । स्थानान्तरणको सम्भावना छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सन्तानको सुख मिल्नेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – भाग्य वृद्धि हुनेछ । सामर्थ्य वा साहस बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग भए पनि हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । तत्काललाई ठूलो फाइदा नउठे पनि भविष्यका लागिभने विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । अरूको भरपर्दा काम रोकिन सक्छ, ध्यान राख्नुहोस् । साझेदारीको काम बन्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् । समस्याको समाधान मिल्नेछ ।