आजको पञ्चाङ्ग एवम् राशिफल (२१ जेष्ठ २०८० आइतबार, ४ जुन २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२१ जेष्ठ २०८० आइतबार, ४ जुन २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ ग्रीष्म ऋतु वि.सं. २०८० ज्येष्ठ २१ गते आइतबार तद्अनुसार सन् २०२३ जुन ४ तारिख ज्येष्ठ शुक्ल पक्षको पूर्णिमा तिथि ९ः१६ पर आषाढ कृष्ण पक्षको प्रतिपदा तिथि अनुराधा नक्षत्र ५ः२३ पर ज्येष्ठा नक्षत्र सिद्धि योग बालब करण आनन्दादियोगमा मृत्यु योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० बजे भयो र सूर्यास्त साँझ १८ः५५ बजे हुनेछ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस ।

आजको राशिफल

मेष – आजको दिन आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्ने सम्भावना छ भने खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइनेछ । तथापि, विभिन्न अवसरले पछ्याउन सक्छन् । स्वास्थ्य सबल बन्नेछ झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । धनलाभको योग छ । इष्टमित्र सन्तानबाट सुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – रोकिएका काम बनी, नयाँ काम सुरु हुने समय भए पनि समयमा निर्णय लिन नसक्दा हातमा आएको अवसर गुम्न सक्छ । मान–सम्मानमा चोट पुग्ने सम्भावना पनि छ, सचेत रहनुहोला । व्यापारमा फाइदा हुनेछ । शत्रु परास्त हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने योग छ । साथीभाइको साथ प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

मिथुन – आजको दिन परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । राजनीतिक पहुँच भने बढ्नेछ । अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ । धार्मिक काममा बाधा सृजना हुन सक्छ । आरोग्यता बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुने र मान–सम्मान मिल्ने समय छ । मंगलमय काम सम्पादन हुनेछ । काममा आफन्तको सहयोग जुट्न सक्छ । स्वास्थ्यमा चाहिँ सामान्य समस्या देखिन सक्छ । आम्दानी बढ्नेछ । खराब व्यक्तित्वको संगतले मान–सम्मानमा चोट पुग्ने योग भएकोले सावधान रहनुहोला । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् ।

सिंह – ब्यस्तता बढ्नेछ । परिवारजनको सहयोगले उत्साह बढाउने दिन छ । सुखद समाचारले काममा जाँगर जगाउनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । प्रतिभाको उचित कदर हुनेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शांति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या – आज यात्राबाट धनलाभ हुन सक्छ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । बन्धुबान्धवको सहयोग प्राप्त होला । अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई फाइदाको दिन रहेको छ । पराक्रम बढ्नेछ । समस्याको समाधान मिल्नेछ । कार्यगति बढ्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – आजको दिन त्यति शुभदायी नरहला । चिताएको काममा ढिलासुस्ती हुनेछ । सरकारी निकायबाट हुने कडिकडाउको शिकार भइने योग रहेकोले विशेष सावधानी अपनाएर कार्य गर्नुहोला । पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – व्यापार-व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ, तर जीवनसाथीलाई केही पीडा हुने योग छ । स्वास्थ्यसम्बन्धी सामान्य समस्या रहन सक्छ । तथापि, पराक्रम वृद्धि हुनेछ । शुभ काममा आकर्षण रहला । योजना र बजेट बनाइ कार्य गर्नु हितकर होला ।

धनु – धनलाभ हुने तथा भौतिक साधनहरू जुट्ने दिन छ । लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने अवसर जुर्ला । नयाँ उद्योग वा विशेष काम सुरु गर्न सकिनेछ । राजनीतिक पहुँच बढ्नेछ । आर्थिक समस्या पनि समाधान हुनेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – बन्धुबान्धवसँग असमझदारी बढ्ने योग रहे पनि आज रमाइलो भ्रमण गर्ने अवसर प्राप्त हुन सक्छ । सन्तान वा अनुयायीले पनि प्रशन्नता दिलाउनेछन् । विभिन्न अवसरले पछ्याउने समय छ । मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट पनि मुक्ति मिल्नेछ । आरोग्यबल बढ्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ – प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्ने र कार्यमा बाधा पुग्ने समय छ । स्वास्थ्यमा बाधा, आर्थिक अभाव जस्ता समस्या देखापर्न सक्छन् । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ । खर्च बढ्नुका साथै व्यापार–व्यवसायमा केही मन्दी आउने देखिन्छ । यसका बाबजुद प्रतिष्ठित व्यक्तित्वसँग मित्रता बढ्नेछ । कर्मबल बढ्नेछ भने बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागमा आकर्षण रहला ।

मीन – स्वास्थ्यसम्बन्धी सामान्य समस्या देखापर्न सक्छ । आजको दिन सवारीसाधन वा हातहतियार उपयोग गर्दा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । आर्थिक समस्या समाधान हुनेछ । पारिवारिक सम्बन्ध अलिक कमजोर बन्न सक्छ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । मिठो भोजन मिल्ला । समस्याको समाधान मिल्नेछ ।