प्रधानमन्त्रीको रुद्रघण्टी नभएपछि…

प्रधानमन्त्रीको रुद्रघण्टी नभएपछि…


file photo

प्रधानमन्त्री प्रचण्डले गोप्य राख्ने भनिएको कुरा सार्वजनिक गरिदिएपछि नयाँ दिल्लीमा तरङ्ग पैदा भएको छ ।

प्राप्त जानकारीअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ताका क्रममा प्रचण्डले ‘झापाबाट बङ्लादेश जोडिने राधिकापुरको बाटो उपलब्ध गराएको अवस्थामा नेपालले लिम्पियाधुरा छोडिदिन सक्ने’ भनी आफ्नो धारणा प्रकट गरेका थिए । प्रचण्डको प्रस्तावमा मोदीले सकारात्मक या नकारात्मक टिप्पणी गर्नुभएन । बरु उहाँले ‘यो धेरै नै जटिल र सम्वेदनशील विषय भएकोले चर्चाको विषय बन्नु हुन्न, हामी दुवैले सतर्कताका साथ आ-आफ्ना राज्यको संयन्त्रभित्र छलफल चलाउनुपर्ने हुन्छ, कुनै पनि अवस्थामा सार्वजनिक बहसको विषय बन्न दिनु हुन्न, यदि बन्यो भने यो काम हुनेछैन’ भन्ने जवाफ प्रचण्डलाई दिनुभएको थियो ।

तर प्रचण्डले नयाँ दिल्लीबाट उडेर काठमाडौं विमानस्थलमा ओर्लने बित्तिकै लिम्पियाधुरासँग ‘त्यो’ राधिकापुर मार्ग साट्न सकिने विषयमा कुरा भएको जानकारी पत्रकारहरूलाई गराइदिनुभयो ।

यसरी प्रचण्डले गोप्य राख्ने भनिएको कुरा खोलिदिएपछि दिल्लीमा प्रचण्डको चरित्र र शैलीलाई लिएर विभिन्न स्तरका टिकाटिप्प्णी सुरु भएका छन् । उच्च तहमा उहाँको विश्वसनियतामाथि प्रश्न उठाइएको छ भने नेपालप्रति चासो राख्ने बुद्धिजीवीहरूले प्रचण्डलाई रुद्रघण्टी नभएका नेताको संज्ञा दिएका छन् ।