अमेरिकामा एल निनोको कारण प्रचण्ड गर्मी र प्रतिकुल मौसमको चेतावनी

अमेरिकामा एल निनोको कारण प्रचण्ड गर्मी र प्रतिकुल मौसमको चेतावनी


अमेरिकी राष्ट्रिय महासागरीय तथा वायुमण्डलीय (एनओएए) वैज्ञानिकहरूले एल नीनो जलवायु परिवर्तन आउन लागेको र यसले चरम मौसम र उच्च तापक्रमको जोखिम बढाएको बताएका छन् ।

भूमध्यरेखा नजिकैको मध्य र पूर्वी प्रशान्त महासागरमा समुद्रको सतहको तापक्रम पछिल्लो पटक सन् २०१८-१९ मा औसतभन्दा बढी तातो भएको, मौसमको सामान्य ढाँचामा परिवर्तन भएको थिया । यो अवस्था औसतमा प्रत्येक २-७ वर्षमा देखिने गर्छ ।

एनओएएका जलवायु वैज्ञानिक मिचेल लह्युरेक्सले भनेका छन्, ‘यसको शक्तिको आधारमा, एल निनोले विश्वका केही स्थानहरूमा भारी वर्षा र खडेरीको जोखिम बढाउने जस्ता विभिन्न प्रभावहरू निम्त्याउन सक्छ ।’

‘जलवायु परिवर्तनले एल निनोसँग सम्बन्धित केही प्रभावहरू बढाउन वा कम गर्न सक्छ । पहिले नै औसत भन्दा बढी तापक्रम अनुभव गर्ने क्षेत्रहरूमा विशेष गरी एल निनोको समयमा एल निनोले तापमानको नयाँ रेकर्डहरू निम्त्याउन सक्छ’, लह्युरेक्सको भनाइ छ ।

यसै साता, अस्ट्रेलियाले अल निनोले भीषण डढेलोको जोखिममा रहेको क्षेत्रमा अत्यधिक न्यानो र सुख्खा मौसम निम्त्याउने चेतावनी दिएको थियो भने जापानले एल निनोले वसन्तका लागि आंशिक रूपमा तापक्रम बढाउने बताएको थियो ।

एनओएएले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गर्मीयाममा संयुक्त राज्य अमेरिकामा यो घटनाको प्रभाव कमजोर हुन्छ तर शरद ऋतुको अन्त्यदेखि वसन्त ऋतुसम्म बढी प्रतिकुल प्रभाव छोड्ने देखिएको छ ।’