आजको पञ्चाङ्ग एवम् राशिफल (२८ जेष्ठ २०८० आइतबार, ११ जुन २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२८ जेष्ठ २०८० आइतबार, ११ जुन २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ ग्रीष्म ऋतु वि.सं. २०८० ज्येष्ठ २८ गते आइतबार तद्अनुसार सन् २०२३ जुन ११ तारिख आषाढ कृष्ण पक्षको अष्टमी तिथि पूर्वाभाद्रपद नक्षत्र प्रीति योग तैतिल करण आनन्दादियोगमा चर योग चन्द्रमा कुम्भ राशिमा १२ः३६ बजेसम्म त्यसपछि मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः९ बजे भयो र सूर्यास्त साँझ १८ः५८ बजे हुनेछ । गोरखकाली पूजा, देउ पाटनमा त्रिशूल यात्रा, भलभल अष्टमी ।

आजको राशिफल

मेष – समय राम्रो छ । व्यापार-व्यवसायमा लाभ हुनेछ । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । तपाईंको प्रतिभाको कदर हुनेछ । खेलकुद तथा कलाकारिता क्षेत्रमा रहने हरुको लागि समय विशेष उत्साहप्रद देखिन्छ । आयबल बढ्ला । विलासी काममा सफलता मिल्नेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त होला । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष– मान्यजन तथा अभिभावकवर्ग असन्तुष्ट हुन सक्ने योग भए पनि सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिने दिन छ । यात्राको योग छ । जग्गाजमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । कुरा काट्नेहरू सक्रिय रहन सक्छन् । आकस्मिक यात्रा र नयाँ जिम्मेवारी प्राप्तिको सम्भावना छ । कर्मबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

मिथुन – आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउन सक्छ, सावधान रहनुहोला । खर्च बढ्नुको साथै शरीरमा आलस्यता बढ्नेछ । विश्वास गरेकाबाट धोका हुन सक्छ । थकानको अनुभव हुनेछ भने अप्रिय समाचारले मन खिन्न बनाउन सक्छ । आलोचनाको शिकार बन्नुपर्ने समय हुनाले बोली र व्यवहारमा संयमता अपनाउनु हितकर होला । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ भने चुनौतीका बाबजुद दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – ब्यस्तता बढ्नेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । धन आर्जनको अवसर मिल्ला । व्यवहारले अरुको मन जित्न सकिनेछ । तर, मनमा खराब बिचारहरुले डेरा जमाउन सक्छन् । काममा रोकावट र मानसम्मानमा समेत आघात पुग्ने योग रहेकोले सचेत रहनुहोला । रसरागमा रुचि बढ्नेछ । समय सङ्घर्षमय अनुभूति होला ।

सिंह – कामको उच्च मूल्याङ्कन र बोलीको कदर हुने दिन छ । आज विशेष खुशीको समाचार सुन्न पाइएला । काम गर्ने वातावरण मिल्ला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । परोपकारी भाव पैदा होला । सहयोगको अवसर जुरेर आत्मसन्तुष्टि मिल्ने योग छ । सुख आनन्द बढ्ला । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शांति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या – पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने समय छ । बिग्रिएका कामहरु बन्नेछन् । उद्योग र व्यापारमा विशेष लाभ होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । शुभता वृद्धि हुनेछ । पारिवारिक सुख शान्ति समृद्धिका साथै पराक्रम बढ्नेछ । सन्तान पक्षबाट सुख प्राप्त होला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

तुला – समय त्यत्ति राम्रो छैन । बोलीको विपरीत अर्थ लाग्न सक्छ भने व्यापारमा पनि हानी व्यहोर्नुपर्ला । कर्मचारी वर्गका लागि अनाहक अपजस व्यहोर्नुपर्ने योग छ । आजको दिन यात्रा घातक बन्न सक्छ, सकभर यात्राको कार्यक्रम टार्नु नै हितकर होला । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । व्यस्तता वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नहोला ।

वृश्चिक – आजको दिन विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । पारिवारिक समस्याले खिन्नता बढाउन सक्छ । अध्ययन, अध्यापन तथा लेखनमा अभिरुचि जाग्ने छैन । सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्ला । आरोग्यता बढ्नेछ । योजना र बजेट बनाइ कार्य गरे बेस हुनेछ ।

धनु – आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुने समय छ । नसोचेका कामहरू बन्नेछन् । विपरीतलिङ्गीबाट सहयोग मिल्ला । धन आर्जन गर्ने मौका छ । राम्रै सफलता हासिल होला । पराक्रम बढ्नेछ । मान वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – समय मनोरञ्जनपूर्ण रहनेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । व्यावसायिक यात्राको सम्भावना छ । व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ । प्रतिस्पर्धीहरूले हार खान सक्छन् । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । साहस वृद्धि हुनेछ । आरोग्यबल बढ्नेछ । मनोकूलको काममा सफलता मिल्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ – वादविवादमा फस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुने सम्भावना छ । स्वास्थ्यमा गडबडी भइ दैनिक कामकाजमा असर पर्ने सम्भावना छ । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना रहेकोले सोचसमझका साथ व्यवहार गर्नु हितकर होला । बौद्धिक र सृजनात्मक कार्यमा सफलता मिल्नेछ । नयाँ आयस्रोत बर्द्धक काममा सफलता मिल्ला । रसरागमा आकर्षण बढ्ने र यात्रामा सफलता प्राप्त हुने समय छ ।

मीन – शुभता वृद्धि हुनेछ । साहस वृद्धि होला । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा मन जानेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी बढ्नेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । वार्तामा सफलता मिल्नेछ । सुख आनन्द बढ्ला । समस्याको समाधान मिल्नेछ ।