मिस मगर इन्टरनेशनलको उपाधि प्रतिमालाई

मिस मगर इन्टरनेशनलको उपाधि प्रतिमालाई


photo: rss

यस वर्षबाट सुरु भएको ‘मिस मगर इन्टरनेशनल २०२३’ प्रतिमा आलेमगरले घोषित भएकी छन्। काठमाडौंमा शनिबार साँझ आयोजित अन्तिम प्रस्तिस्पर्धामा १२ जनालाई पछि पार्दै उनले नगद रु चार लाख पुरस्कारसमेत प्राप्त गरिन् ।

कार्यक्रमको निर्णायकमध्येकी एक माल्भिका सुब्बाले सामाजिक सञ्जालको तर्फबाट तपाईंले मगर संस्कृतिलाई कसरी प्रचार गर्नुहुन्छ ? भनेर सोधिएको प्रश्नमा सटिक उत्तर दिएसँगै मगर विजेता घोषित भएकी थिइन् ।

विजेता बनेसँगै मगरले सपनाको एउटा खुड्किलो उक्लिएको बताइन् । ‘पहिलो सिजनमै विजेता बने, दायित्व पनि महसुस भएको छ । संस्कृतिको प्रवर्द्धनमा मेरो भूमिका हुनेछ’, उनको भनाइ छ ।

यस्तै, अन्तिम प्रतिस्पर्धामा स्मृति ठाडामगर उपविजेता र क्लिया थापामगर दोस्रो बनिन् । दुवै जनाले क्रमशः रु दुई लाख र एक लाखसमेत प्राप्त गरे । कार्यक्रममा सुब्बासँगै अभिनेत्री मिरुना मगर, अभिनेता अनुपविक्रम शाही, मोडल रिना थापामगर, हिमाल राना, सङ्जोग लाफामगर, अलिगिभा पुनमगर र रुद्र सिरिजमगरले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।