कालीकोटको शुभकालिका गाउँपालिका-६ गविरामा गए राति लु१च ८४९८ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
जिप कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालिकातर्फ जाँदै गर्दा शुभकालिका–६ गविराममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
दुर्घटनामा परेर जिप चालक शुभकालिका-२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालिका-८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले-३ का २५ वर्षीय गोपाल सलामीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख जयश्वर रिमालका अनुसार दुर्घटनाको कारण खुल्न सकेको छैन र, घटनाबारे अनुसन्धान भइरहेको छ । मध्यरातिको घटना भएकोले दुर्घटनाको कारण खुल्न सकेको छैन । जिपमा सवार तीनै जनाको मृत्यु भएकोले देख्ने तथा घाइते अन्य कोही नभएकाले दुर्घटनाका कारण खुल्न नसकेको उनको भनाइ छ ।
प्रतिक्रिया