आजको पञ्चाङ्ग एवम् राशिफल (२९ जेष्ठ २०८० सोमबार, १२ जुन २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२९ जेष्ठ २०८० सोमबार, १२ जुन २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ ग्रीष्म ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० ज्येष्ठ २९ गते सोमबार तद्अनुसार सन् २०२३ जुन १२ तारिख आषाढ कृष्ण पक्षको नवमी तिथि उत्तरा भाद्रपद नक्षत्र आयुष्मान योग वणि करण आनन्दादिमा गद योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः९ मा भयो र सूर्यास्त साँझ १८ः५८ बजे हुनेछ ।

आजको राशिफल

मेष – आज केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ, तथापि धेरैको भलाइ हुने काम गर्न सकिनेछ । व्यवसायिक काममा कम मात्र फाइदा हुने समय छ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । मित्रजनको साथ प्राप्त हुनेछ । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । विवेकपूर्ण व्यवहारले धेरैको मन लोभ्याउन सकिनेछ । आय वृद्धि हुनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – कर्मबल बढ्नेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने समय छ । दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । सुख वृद्धि हुनेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – रचनात्मक काम सुरु गर्ने समय छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । धन आर्जन हुने समय छ । व्यावसायिक यात्रा सम्भावना छ । दाम्पत्य जीवन पनि रमाइलो रहनेछ । अरूको फाइदाका लागि उपयोग हुनुपर्ने योग छ । कर्मबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – जोखिम बढ्ने समय छ । नजिकका साथीभाइ टाढिन सक्छन् । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । व्यवसायमा विशेष लाभ लिने समय छ । पढाइलेखाइमा प्रगति हुनेछ । रसरागको भाव वृद्धि हुनेछ ।

कन्या – समय राम्रो छ । आरोग्यता र सुख वृद्धि हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । ठीक समयमा सही निर्णय लिन सकिनेछ । आश मारेको कामले उत्साह जगाउनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला – आजको दिन प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने छ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । केही अवसर भने फुत्कन सक्छन, सचेत रहनुहोला । गोपनीयतामा विशेष ध्यान दिनु हितकर रहला । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने अवसर छ । आरोग्यता बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव राम्रै रहला ।

वृश्चिक – परिवारजनसँग आत्मीयता बढ्ने समय छ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । कार्यबोझ वृद्धि भए पनि सकारात्मक काम बन्नेछ । शुभचिन्तकहरूले साथ दिनेछन् । तथापि, आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

धनु – व्यस्तता बढ्नेछ । आज परिस्थिति अलिक प्रतिकूल रहने देखिन्छ । काम बिग्रने डरले सताउन सक्छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । अरूको फाइदाका लागि उपयोग भइनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ । दैनिक काममा सफलता मिल्नेछ । मित्रजनको सहयोग र समर्थन प्राप्त हुनेछ ।

मकर – दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय भएपनि अरूलाई वचन दिने बानीले दुःख पाइने सम्भावना छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि पुरानो समस्याले पनि झमेला आइलाग्ने योग छ । तार्किक क्षमता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – आजको दिन भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । साथ दिनेहरू बढ्नेछन् । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । प्रयासरत काम बन्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । समस्याको समाधान प्राप्त हुनेछ ।

मीन – उल्लासपूर्ण एवम् फुर्सदिलो समय छ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले प्रशन्नता बढ्ला । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । तर, लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ, ध्यान राख्नुहोला । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । रसरागमा आकर्षण बढ्नेछ ।