उपचारका लागि कांग्रेस सभापति देउवा सिङ्गापुर प्रस्थान

उपचारका लागि कांग्रेस सभापति देउवा सिङ्गापुर प्रस्थान


file photo

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर प्रस्थान गरेका छन् ।

पछिल्लो पटक प्रधानमन्त्री भएपछि विभिन्न तहका निर्वाचन र पार्टीको महाधिवेशनमा व्यस्त हुनुपरेका कारण नियमित स्वास्थ्य ‘फलोअप’ हुन नसकेको भन्दै सभापति देउवा सिङ्गापुर प्रस्थान गरेका हुन् ।

सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जनाएअनुसार देउवाले केही वर्षअघि पेटमा समस्या देखिएपछि सिङ्गापुरमा उपचार गराएका थिए ।

नियमित स्वास्थ्य ‘फलोअप’का मंगलबार राति देउवा त्यसतर्फ प्रस्थान गरेका हुन् । सभापति देउवासँगै प्रमुख स्वकीय सचिव भानु देउवा पनि सिङ्गापुर गएका छन् ।