आजको पञ्चाङ्ग एवम् राशिफल (३१ जेष्ठ २०८० बुधबार, १४ जुन २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (३१ जेष्ठ २०८० बुधबार, १४ जुन २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८० ज्येष्ठ ३१ गते तद्अनुसार सन् २०२३ जुन १४ तारिख बुधबार आषाढ कृष्ण पक्षको एकादशी तिथि अश्विनी नक्षत्र शोभन योग ३ः५७ पर अतिगण्ड योग कौलव करण आनन्दादिमा मृत्यु योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५९ बजे हुनेछ । योगिनी एकादशी व्रत ।

आजको राशिफल

मेष – शुभता बढ्ने समय छ । प्रतिष्पर्धीमाथि विजय प्राप्त होला । आज आकस्मिक रूपले धनलाभ हुने योग छ । विद्या, बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । सन्तान पक्षबाट सन्तोष प्राप्त हुनेछ भने मित्रजनसँग मनोरञ्जनको अवसर जुर्नेछ । आशा उत्साह बढ्नुका साथै यात्रामा सफलता प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

वृष – आजको दिन आर्थिक पक्ष सबल बन्नेछ भने अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउन सकिनेछ । उद्योगधन्दामा गरिएको लगानी फाइदाजनक सावित हुनेछ । तथापि, नचिताएको काममा खर्च हुने योग छ, सचेत रहनुहोला । श्रमको उचित मूल्याङ्कन भइ कामको सुखद परिणाम प्राप्त हुने समय छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ने समय छ । जग्गाजमिनको कारोबारबाट लाभ मिल्ला । पढाइलेखाइमा पनि सकारात्मक परिणाम मिल्ला । धार्मिक यात्रामा सहभागी हुने अवसर जुर्न सक्छ । दैनिक कार्यमा ढिलासुस्ती हुन सक्ने योग पनि रहेकोले मनोबल उच्च राखी कर्म गर्नु हितकर होला । समस्याको समाधान प्राप्त हुनेछ । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – पारिवारिक जीवन सामान्य रहने छ । रोकिएका अधुरा कामहरु पूरा हुनेछन् भने समस्याको हल हुनेछ । मेहनत गरेअनुसारको फल भने प्राप्त नहुन सक्छ । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने योग छ । दायित्व वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।

सिंह – आकस्मिक लाभ मिल्ने तथा लाभदायक समाचार सुन्ने समय छ । तथापि, खर्च पनि बढ्ने देखिन्छ । स्वास्थ्यमा समस्या आउने तथा उपचारमा खर्च हुने योग छ । सचेत रहनुहोला । मित्रजनको साथ प्राीत हुनेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – लामो समयदेखि रोकिएका काम बन्नेछन् । धनलाभ होला । रमाइलो यात्राको अवसर प्राप्त हुने योग छ । कतै अतिथिका रूपमा सम्मानसमेत प्राप्त होला । सामाजिक कामबाट प्रशंसा मिल्नेछ । पारिवारिक सुखशान्ति बढ्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने समय छ । मित्रजनबाट सहयोगका साथै सुख मिल्नेछ । नोकरीमा प्रशंसनीय कार्य गरिनेछ भने आज नसोचेको ठाउबाट धन आर्जन गर्न सकिने योग छ । प्रतिष्ठा बढ्नेछ । प्रेमभाव वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

वृश्चिक – अतिथिको आगमन हुने समय छ । धेरैजसो समय सानातिना घरेलु काममै अल्झनुपर्ने देखिन्छ । चिताएको काममा बाधा हुँदा मन खिन्न होला । आजको दिन विवादबाट बच्नु विशेष हितकर होला । कामको बोझले थाकेको महसुस हुन सक्छ । आरोग्यता भने रहनेछ । सुख सुविधाको बस्तुमा खर्च हुन सक्छ । योजना र बजेट बनाइ कार्य गरे बेस होला । शत्रु परास्त गर्ने क्षमता वृद्धि हुनेछ ।

धनु – आजको दिन धार्मिक स्थल आदिको भ्रमण हुन सक्छ । इष्टमित्र एवम् सन्तान पक्षबाट सन्तोष प्राप्त हुनेछ । साझेदारसँग असमझदारी बढ्नाले सम्झौता भंग हुन सक्छ । अनावश्यक नाता गाँस्नेहरूसँग सावधान रहनु हितकर होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्ला ।

मकर – व्यस्तता बढ्नेछ । स्वास्थ्यमा सामान्य समस्या देखापर्न सक्छ, खर्च बढ्नेछ । आज लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्ने योग छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नु हितकर होला । नयाँ ठाउँमा धन लगानी गर्ने माहोल बन्ला । नियमकानूनले साथ दिनेछ । भएको दायित्वलाई पूरा गर्नुहुनेछ । खेलकूद एवम् भ्रमण कार्यमा आकर्षण बढ्नेछ ।

कुम्भ – पराक्रम बढ्नेछ । नयाँ आयस्रोतबर्द्धक काममा सफलता पाउनुसँगै मित्रजन एवम् सन्तान पक्षबाट सुख मिल्नेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । सुखद समाचार सुन्न पाइनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । धार्मिक तथा सामाजिक काममा समय बित्ने योग छ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – समय आफूअनुकुल नहुन सक्छ । काममा जाँगर नचल्ने एवम् प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुन सक्ने दिन छ । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । धनमाल वा कुनै बस्तु हराउने योग रहेकोले सावधानी अपनाउनुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खंनु उचित हुनेछ । साझेदारीको काम बन्ने, समस्याको समाधान मिल्ने, र शत्रुपक्ष परास्त हुनेछ ।