शारीरिक सुगठन महासङ्घको अध्यक्षमा राजेशबाबु निर्वाचित

शारीरिक सुगठन महासङ्घको अध्यक्षमा राजेशबाबु निर्वाचित


नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघको अध्यक्षमा राजेशबाबु श्रेष्ठ निर्वाचित भएका छन् । गत आइतबार सम्पन्न महासङ्घको पहिलो साधारणसभाबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।

महासङ्घको वरिष्ठ उपाध्यक्षमा विजयलाल कायस्थ, उपाध्यक्षमा सुजन लामा, रोशन महर्जन, महासचिवमा अजय बज्राचार्य निर्वाचित भएका छन् भने सचिवमा दिनेशकुमार राजभण्डारी र कोषाध्यक्षमा बलराम सुवेदी छानिएका छन् । महासंघको विधानअनुसार प्रदेश संघका संयोजकहरु पदेन उपाध्यक्ष रहने व्यवस्था छ ।

महासङ्घको सदस्यहरूमा दिनेश श्रेष्ठ, राजकुमार श्रेष्ठ, बाबुकाजी मानन्धर, नरेशकुमार मल्ल, अमृत रोकाया क्षेत्री, राजेश रत्न बज्राचार्य, दुर्गाबहादुर श्रेष्ठ, ननिता महर्जन, विनिता राई चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले महासङ्घको स्विकृत विधानबमोजिम राजेश उपाध्यायलाई उपाध्यक्षमा मनोनित गरिनुका साथै सात सदस्य पनि मनोनयन गरिएको छ । मनोनित हुनेहरूमा ज्ञानेन्द्र नकर्मी, नवीन आले मगर, प्रज्ज्वल राई, निर्मला महर्जन, रेणुका श्रेष्ठ, रचना श्रेष्ठ, देविका राई रहेका छन् ।

यसैगरी वाग्मतीको संयोजकमा राजनकुमार श्रेष्ठ, लुम्बिनीको संयोजकमा सितुप्रसाद श्रेष्ठ, गण्डकीको संयोजकमा ओकील (शंकर) मान तुलाधर उदास र कर्णालीको संयोजकमा रमेशकुमार केसी चुनिएका छन् । महासङ्घको हाल चार प्रदेश सङ्घ र ३० जिल्ला सङ्घ भइसकेको र कार्यसमितिको पदावधि चार वर्षको रहने जनाइएको छ ।