आजको पञ्चाङ्ग एवम् राशिफल (३२ जेष्ठ २०८० बिहीबार, १५ जुन २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (३२ जेष्ठ २०८० बिहीबार, १५ जुन २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ ग्रीष्म ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० ज्येष्ठ ३२ गते बिहीबार तद्अनुसार सन् २०२३ जुन १५ तारिख आषाढ कृष्ण पक्षको द्वादशी तिथि भरणी नक्षत्र सुकर्म योग गर करण आनन्दादिमा पद्म योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५९ बजे हुनेछ । प्रदोष व्रत ।

आजको राशिफल

मेष – व्यवसायिक क्षेत्र सफल रहे पनि आजको दिन अनावश्यक ठाउमा पैसा खर्च हुन सक्छ । रोग लाग्नाले केही आर्थिक क्षति पनि हुन सक्छ । स्वास्थ्य कमजोर रहन सक्छ, खानपानमा सजग रहनुहोला । कृषि–चौपायाबाट हानि पुग्नसक्छ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । मित्रजनको पनि सहयोग रहनेछ ।

वृष – दिन मिश्रित परिणामदायी रहला । मित्रजन एवम् सहयोगीहरूले राम्रो साथ दिने समय छ । टाढिएका सहयोगीहरूको साथ पनि मिल्नेछ । धनजन वृद्धि एवम् पाहुना आगमनको योग छ । अध्ययन–अध्यापनमा भने मन जाने छैन । बढी मिहीनेतले काम बन्नेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – आयबल बढ्ने र रसरागमा आकर्षण बढ्ने समय छ । सुख वृद्धि होला । मनग्य धनआर्जनको अवसर मिल्नु सक्छ । सोच्ने शक्ति बढ्नेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । नसोचेको ठाउँबाट लाभ हुने देखिन्छ । बौद्धिक र रचनात्मक काममा पनि सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ ।

कर्कट – आजको दिन रमाइलो यात्राको योग रहेको छ । मित्रजनसँगको भेटघाटले मनोबल बढाउनुको साथै उत्साहजनक छलफल होला । आयआर्जनका लागि अनुकुल समय छ । अध्ययन–अध्यापनमा पाउने सफलता यथावत रहनेछ । ठूला व्यक्तिबाट बुद्धिको तारिफ हुनेछ । दायित्व र कार्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

सिंह – आजको दिन स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ला । अरूको भर पर्दा काममा धोका हुन सक्छ । आर्थिक कारोबार गर्दा विशेष सजग रहनुपर्ने समय छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । आज खास यात्राको अवसर मिल्न सक्ने योग छ । सफलता प्राप्तिका लागि अलिक ज्यादा नै मिहीनेत गर्नुपरे पनि परिणामदायी सफलता प्राप्त हुनेछ । रसरागको भाव वृद्धि हुनेछ । प्रयासरत काम बन्नेछ ।

कन्या – आरोग्यताका साथै भाग्यबल बढ्नेछ । मनमा हौसला बढ्नेछ भने व्यवहारमा पराक्रम वृद्धि हुनेछ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । बन्न लागेको काम बिगार्न शत्रुपक्ष सक्रिय रहन सक्छन्, सावधान रहनुहोला । मित्रजनसँगको भेटघाटले मन प्रफुल्ल रहला । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – जोखिमका बाबजुद प्रयासरत काममा सफलता प्राप्त हुनेछ । प्रेमभाव बढ्नेछ । विशेष प्रयत्नबाट धन आर्जनको अवसर मिल्ने समय छ । व्यापारमा गरेको लगानी सन्तोषप्रद रहला । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नुपर्ने परिस्थिति बन्न पनि सक्छ । ऋण, रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियै रहला ।

वृश्चिक – रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । आजको श्रमले पछिका लागि राम्रो फल मिल्नेछ । उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । कृषिक्षेत्रमा रहेकाले भने अलिक बढी परिश्रम र लगानी गर्नुपर्ला । आरोग्यता बढ्नेछ । कार्यबोझ पनि वृद्धि हुन सक्छ । कर्ममा सफल साबित हुनुहुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – आज नसोचेको ठाउँमा धन खर्च हुन सक्छ, सावधान रहनुहोला । वादविवाद, झैझगडामा पर्न सकिन्छ, विशेष सचेतनाको खाँचो छ । कामको बोझले थाकेको महसूस होला । घर–गृहस्थीमा समस्या आउन सक्छ । यसका बाबजुद प्रेमभाव र साहस बढ्नेछ । साझेदारीको काम बन्नेछ । लगानी उठाउन गरिएको प्रयत्न आज सार्थक होला । मित्रजनको सहयोग र समर्थन प्राप्ति हुनेछ ।

मकर – ब्यस्तता बढ्नेछ । मानप्रतिष्ठा अभिवृद्धि हुने तथा अभिभावक एवम् साथीभाइले आवश्यक सहयोग प्रदान गर्ने समय भइकन पनि मनमा दुविधा रहनसक्छ । सामाजिक काममा नाम रहनेछ तर जागिरमा भने होसियार रहनुपर्ला । स्वास्थ्यका दृष्टिकोणले राम्रो समय छ । कसैसँग सामान्य मनमुटाव हुन सक्छ, सावधान रहनुहोला । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । कतैबाट खुसीको खबर प्राप्त होला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । काम बन्नाले मन रमाउला । बन्दव्यापारबाट लाभ मिल्नेछ । पराक्रम बढ्नेछ, प्रयासरत काम बन्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । मीठो भोजन प्राप्त हुनेछ ।

मीन – आजको दिन सामर्थ्य र सुख बढ्नेछ । सफलताको दर वृद्धि होला । आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नुपर्ने योग छ । सोच्दै नसोचेको स्थानबाट लाभ हेला । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । मिष्ठान्न भोजन मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ, आफन्तले प्रशंसा गर्नेछन् । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।