पुरुष बास्केटबल प्रतियोगितामा नेपाल भुटानसँग पराजित

पुरुष बास्केटबल प्रतियोगितामा नेपाल भुटानसँग पराजित


माल्दिभ्समा बुधबारदेखि सुरु भएको फाइभ नेसन्स पुरुष बास्केटबल प्रतियोगितामा नेपाल भुटानसँग पराजित भएको छ ।

माल्दिभ्सको मालेमा आज भएको पहिलो खेलमा भूटानले नेपाललाई ६१–५५ ले पराजित गर्दै विजयी भएको हो । नेपालले बास्केटबलमा सन् २०१९ मा काठमाडौंमा भएको १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगितापछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको हो ।

नेपालमाथि भुटानले पहिलो क्वार्टरमा २१–१३ को अग्रता बनाएको थियो । सुरुमै ८ अङ्कले पछिपरेको नेपालले त्यसपछिको दोस्रो क्वार्टरमामा पुनरागमन गर्ने प्रयास गऱ्यो । नेपालले दोस्रो क्वाटर १६–१५ र तेस्रो क्वार्टरमा १३–१२ को अग्रता बनाउएको थियो । तर चौथो तथा निर्णायक क्वार्टरमा नेपाल र भूटानले समान १३ अङ्क जोडेपछि नेपाल ६१–५५ ले पराजित भयो ।

नेपालले आफ्नो दोस्रो खेल भोलि पाकिस्तानसँग खेल्नेछ । यस्तै नेपालले लिगको आफ्नो अन्तिम खेल आउँदो आइतबार घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ । प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता रहेको छ । यसमा आयोजक माल्दिभ्ससहित नेपाल, बङ्गलादेश, भूटान र पाकिस्तान छन् ।