निवर्तमान मुख्यसचिव बैरागी राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार नियुक्त

निवर्तमान मुख्यसचिव बैरागी राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार नियुक्त


photo: rss

सरकारले निवर्तमान मुख्यसचिव शङ्करदास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको छ । बैरागीले पदको सपथ लिनुभएको छ । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष प्रचण्डले आज उहाँलाई सपथ गराउनुभएको हो ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बैरागीलाई सुरक्षा परिषद्को सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो । यसअघि आजै प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा परिषद्को बैठक बसेको थियो ।

मन्त्रिपरिषद् बैठकले बैरागीलाई सुरक्षा परिषद्को सल्लाहकार र प्रधानमन्त्री कार्यालयका सविच डा. वैकुण्ठ अर्याललाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

तीन महिनापछि अवकास पाउँदै गरेका बैरागीलाई राजीनामा गराएर सरकारले मन्त्रीसरहको सेवा सुविधा प्रदान गर्नेगरी राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार नियुक्त गरेको हो ।