१९औँ एसियाली खेलकुदका लागि कबड्डी खेलाडी छनोट

१९औँ एसियाली खेलकुदका लागि कबड्डी खेलाडी छनोट


file photo

चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुदका लागि महिला कबड्डी टोलीको अन्तिम छनोट पूरा भएको छ । प्रतियोगिताका लागि बाह्र खेलाडी छनोट गरिएको कबड्डीकी प्रमुख प्रशिक्षक पार्वती राईले जानकारी दिइन् ।

छनोट भएका खेलाडीमा नेपाल प्रहरीकी मानमति विष्ट, लुम्बिनी प्रदेशकी श्रृजनाकुमारी थारु, नेपाल आर्मीकी गङ्गा घिमिरे, एपीएफकी रविना चौधरी र जयन्ती बडु, आर्मीकी मेनुका राजवंशी र अनुजा कुलुङ राई, एपीएफकी सुनिता थापा, प्रहरीकी नितु गुरुङ, सुदूरपश्चिम प्रदेशकी कलावती पन्त, आर्मीकी इशा राई तथा प्रहरीकी अर्पणा चौधरी छन् ।