आजको पञ्चाङ्ग एवम् राशिफल (२ आषाढ २०८० शनिबार, १७ जुन २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२ आषाढ २०८० शनिबार, १७ जुन २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८० आषाढ २ गते तद्अनुसार सन् २०२३ जुन १७ तारीख शनिबार आषाढ कृष्ण पक्षको चतुर्दशी तिथि ८ः४४ पर अनावश्यक तिथि रोहिणी नक्षत्र शूल योग चतुष्पाद करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त सांझ १९ः०० बजेमा हुनेछ । दर्शश्राद्ध, निशी बार्ने ।

आजको राशिफल

मेष – आजको दिन इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुने देखिए पनि आफ्नो तथा परिवारका सदस्यको स्वास्थ्यका कारण चिन्तित हुनुपर्ला । अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । आज धनमाल हराउने, चोरिने वा ठगीमा परिने ग्रहयोग पनि छ । इर्ष्या गर्नेहरूले दुःख दिनेछन्, सावधान रहनुहोला । शत्रुमाथि विजय प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ । आमोदप्रमोदको अवसर मिल्न सक्छ ।

वृष – आरोग्य बढ्ने देखिए पनि आजको दिन खास शुभदायी नरहला । समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपर्ने समय छ । गलत संगतबाट बच्ने प्रयत्न गर्नु हितकर होला । बन्धुवान्धवसँग असमझदारी बढ्ने सम्भावना रहेको छ । आम्दानी भन्दा बढी खर्च गर्नुपर्दा अशान्ति बढ्ला । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । यसका बाबजुद ठूला व्यक्तिबाट मानसम्मान प्राप्त हुने योग छ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – आजको दिन परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ, तर पनि ब्यापारबाट लाभ तथा आर्थिक समस्या समाधान हुनेछ । शत्रुहरूलाई परास्त गर्न सकिनेछ । विगतका कमजोरी सच्याउने मौका मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोगले विशेष अवसर पाइनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

कर्कट – दायित्व वृद्धि हुने दिन छ । विभिन्न अवसरले पछ्याउने समय छ । मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट पनि केही समयलाई मुक्ति मिल्नेछ । यात्रा र सवारी साधन उपयोग गर्दा भने विशेष सावधानी अपनाउनुपर्ने छ । आर्थिक अभावले सताउन सक्छ । अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउन सक्छ । रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

सिंह – आजको दिन प्रतिष्ठित व्यक्तित्वसँग मित्रता बढ्ने योग रहे पनि स्वास्थ्यगत समस्याले सताउन सक्छ । कर्मबल बढ्ने देखिए पनि जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला । यात्रामा सफलता मिल्ने र मित्रजनको साथ प्राप्त हुनेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – लामो समयदेखि रोकिएका काम सम्पादन गर्न सकिने दिन छ । आफ्ना कमजोरीप्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान् । हातबाट अवसर गुम्न सक्ने भएकोले ध्यान दिएर काम गर्नु होला । व्यवसायमा मन्दी र खर्च बढ्ने देखिन्छ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ । अन्ततः समस्याको समाधान मिल्नेछ ।

तुला – नयाँ काममा हात हाल्ने समय आएको छ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । पराक्रम बढ्नेछ भने धन लाभ पनि हुने देखिन्छ । प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्ला । मान प्राप्त हुने समय छ । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – दिन शुभदायी छ । सामाजिक प्रतिष्ठा पाइने समय छ । शत्रु परास्त हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिएला । मित्रजनबाट लाभ मिल्ने योग छ । उच्च महत्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रुपमा सम्पादन हुनेछन् । चिताएको काम बन्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्ने तथा राजनीतिक पहुँच बढ्ने देखिए पनि विवादको सामना गर्नुपर्ने समय छ । स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कन सक्छ, सावधान रहनुहोला । खर्च बढ्ने र आर्थिक अभावले सताउने योग छ, तर विपरीतलिंगी वा हितैषी मित्रहरूले साथ दिनेछन् । । मिठो भोजन खान पाउनु हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – खराब व्यक्तिको संगतले मान-सम्मानमा चोट पुग्ने सम्भावना भएकोले आजको दिन विशेष सजग रहनु हितकर होला । आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्छ । अधिकारवाला व्यक्तित्वबाट धोका हुन सक्छ । स्वास्थ्यका लागि खानपानमा सजक रहनुहोला । अरूको मुख ताक्ने बानीले धोका हुन सक्छ । दायित्व पूरा गर्नुहुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – व्यस्तता बढ्ने देखिए पनि दिन शुभदायी छ । व्यवसाय र उद्योगधन्दामा फाइदा मिल्नेछ । संगीत तथा कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ । विशेष उपहार हातलागी हुनेछन् । कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा हुने दिन छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । नयाँ आयस्रोत बर्द्धक काममा सफलता मिल्नेछ भने सन्तान पक्षबाट सुख मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – पराक्रम वृद्धि हुने र मान बढ्ने समय छ । अप्ठ्यारा काम पनि सहजै सम्पादन हुने समय छ । विपरीतलिंगीको माध्यमबाट बढी लाभ होला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । वार्तामा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ ।