आजको पञ्चाङ्ग एवम् राशिफल (३ आषाढ २०८० आइतबार, १८ जुन २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (३ आषाढ २०८० आइतबार, १८ जुन २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ ग्रीष्म ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं.२०८० आषाढ ३ गते आइतबार तद्अनुसार सन् २०२३ जुन १८ तारिख आषाढ कृष्ण पक्षको अमावश्या तिथि ९ः११ पर आषाढ शुक्ल पक्षको प्रतिपदा तिथि मृगशिरा नक्षत्र गण्ड योग किंस्तुघ्न करण आनन्दादिमा सौम्य योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १९ः०० बजे हुनेछ । स्नानदानका लागि औंसी,हलो बार्ने ।

आजको राशिफल

मेष – पराक्रम वृद्धि हुनेछ । नयाँ सम्भावना देखापर्ने छ । कामका बाधाहरू हट्ने र नसोचेको ठाउँबाट लाभ मिल्ने दिन छ । सुख–दुःखमा साथ दिनेहरू भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउला । कुनै महत्वपूर्ण काम गर्दै हुनुहुन्छ भने योजना गोप्य राख्नु हितकर होला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ ।

वृष – विलासितामा धन खर्च हुने समय छ । मुख्य काममा बाधा हुने देखिन्छ भने सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहला । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले खिन्नता बढ्ला । भौतिक साधनले पनि धोका दिन सक्छ, सावधान रहनुहोला । बढी मिहीनेतले काम बन्नेछ । सन्तानसुख मिल्नेछ । साहससम्बन्धित काम बन्नेछ । रसरागको भाव वृद्धि होला ।

मिथुन – दूरका मित्रजनसँग सम्बन्ध गाँसिने समय भएपनि आज अर्थअभावले काम रोकिने सम्भावना छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । खास सहयोगीहरूले राम्रै साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने योग छ । आरोग्यता बढ्नेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – दिगो आम्दानी हुने काम सुरु हुने समय छ तर आशा देखाउनेहरूले फसाउन सक्छन् । प्रतिस्पर्धाले आम्दानीको बाटो देखाउनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । नसोचेको ठाउँबाट धन आर्जन हुने देखिन्छ । लगानी पनि वृद्धि हुनेछ । कार्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – लामो यात्राको प्रक्रिया अघि बढ्ने समय छ । कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिनेछ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । सहयोगको आशा देखाउनेहरूबाट भने धोका पाइने सम्भावना छ । आजको दिन स्वास्थ्यप्रति विशेष सचेतना अपनाउनु हितकर होला । बढी मिहीनेतले काममा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागको भाव वृद्धि होला ।

कन्या – कर्मबल वृद्धि हुनेछ । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । परिस्थिति अलिक संघर्षमय रहला । सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । अरूका लागि समय र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – व्यावसायिक काममा खर्च बढ्ने र अरूका काममा महत्वपूर्ण समय बित्न सक्ने समय छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । आजको दिन अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि विचार पुऱ्याउनुहोला । सहयोगी ठानिएकाहरूले धोका दिन सक्छन्, सावधान रहनुहोला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । समस्याको समाधान मिल्नेछ ।

वृश्चिक – नयाँ काम प्रारम्भ हुन सक्छ । आज आयआर्जन पनि राम्रै हुने देखिन्छ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त होला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । शत्रु र प्रतिस्पर्धीलाई सजिलै परास्त गर्न सकिनेछ । आज स्वास्थ्यप्रति भने विशेष सावधानी अपनाउनु हितकर होला ।

धनु – लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउने समय छ । हिम्मतले काम बनाउन सकिनेछ । तर, सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन् । धन आर्जन गर्ने अवसर जुर्ने योग छ । बिनाप्रतिस्पर्धा फाइदा हुने देखिन्छ । प्रेमभाव बढ्नेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ ।

मकर – व्यस्तता बढ्नेछ । आज कुनै अवसर प्राप्त भए पनि आफ्नो वर्चस्व जोगाउन खास प्रयत्न गर्नु हितकर होला । गोपनीयतामा विशेष ध्यान पुऱ्याउनुहोला । स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न कठिनाइ पर्ने देखिन्छ । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । कसैसँग विवादको सम्भावना रहेकोले सावधान रहनुहोला । रसराग तथा प्रेमको मामलामा सफलता मिल्नेछ ।

कुम्भ – परिवारजनमा असमझदारी बढ्नाले काममा बाधा पुग्ने सम्भावना छ । आफ्नै कमजोरीले ढिलासुस्ती हुने देखिन्छ । काम बिग्रने डरले सताउने योग भएपनि व्यवसायबाट भने फाइदा नै हुने समय छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । सम्मान जोगाउन विशेष प्रयत्नको आवश्यकता देखिन्छ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । यात्रापरक काममा सफलता प्राप्त हुनेछ ।

मीन – दिन राम्रै रहेको छ । सानो प्रयत्नले ठूलो काम सम्पादन होला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आफन्तहरूको सञ्जालबाट फाइदा लिन सकिनेछ । विभिन्न सहयोग र उपहार मिल्ने योग छ । सजिलै काम बन्नाले उत्साह जाग्नेछ । सफलताको दर वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।