आजको पञ्चाङ्ग एवम् राशिफल (४ आषाढ २०८० सोमबार, १९ जुन २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (४ आषाढ २०८० सोमबार, १९ जुन २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ ग्रीष्म ऋतु वि.सं. २०८० आषाढ ४ गते सोमबार तद्अनुसार सन् २०२३ जुन १९ तारिख आषाढ शुक्ल पक्षको प्रतिपदा तिथि आर्द्रा नक्षत्र वृद्धि योग बालव करण आनन्दादियोगमा काल योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० बजे भयो र सूर्यास्त साँझ १९ः०० बजे हुनेछ ।

आजको राशिफल

मेष – पराक्रम बढ्ने समय छ । आजको दिन रमाइलै रहला । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । मेहनतले सम्मानित स्थान दिलाउनेछ । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित होला । उत्साह र उमङ्गका बीच बन्ने निश्चय भएको काम पनि अचानक बिग्रन सक्ने योग रहेकोले सचेत रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – तपाईंले गरेको कामबाट धेरैको मन लोभिन सक्छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने योग छ । भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ होला । स्वास्थ्यप्रति भने विशेष सचेत रहनु हितकर होला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

मिथुन – आर्थिक पक्ष सुदृढ बन्ने समय छ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ । कीर्तिमानी काम सम्पादन हुनसक्ने दिन भएकोले महत्वपूर्ण काममा हात हाल्नु शुभदायी हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ । मिठो भोजन मिल्नेछ ।

कर्कट – मनोरञ्जनपूर्ण समय छ । आज सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगति होला । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुने योग छ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम सम्पन्न हुनेछन् । खेलकुद भ्रमणमा रुचि बढ्ला । मिठो भोजन मिल्नेछ । ख्याति फैलिनेछ । सुख शान्ति बढ्नेछ ।

सिंह – आजको दिन बोलीको प्रभाव बढ्नेछ । टाढाको यात्रा हुने सम्भावना छ, तर अनावश्यक यात्राबाट जोगिनु हितकर होला । आफन्तबाट टाढिनुपर्ने समय छ । वैदेशिक क्षेत्रबाट सामान्य लाभ उठाउन सकिने छ । आयबल बढ्नेछ, राजकाज बन्नेछ । पारिवारिक सुख शान्ति बढ्नुको साथै कार्यमा सफलता मिल्नेछ ।

कन्या – पारिवारिक सहयोग प्राप्त भए पनि आज दोधारको अवस्था सिर्जना हुनसक्छ । स्वास्थ्य पनि त्यति सवल नरहन सक्छ । पुरानो रोगले पनि सताउन सक्छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमी–कमजोरीलाई पनि सुधार गर्ने मौका मिल्ला । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्, सावधान रहनुहोला । कर्मबल बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।

तुला – बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । मनग्य धन आर्जन हुने योग छ । आजको लाभांश सुरक्षित वा सञ्चय भने नहुन सक्छ । शुभ काममा आकर्षण बढ्नेछ । आफन्तको साथ प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृश्चिक – दौडधुप बढे पनि बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्ने समय छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । प्रतिस्पर्धामा विजयी भइनेछ, । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । पराक्रम वृद्धि हुनेछ । शुभ काममा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रु परास्त गर्ने क्षमता वृद्धि होला ।

धनु – भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । पढाइलेखाइमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ । ब्यवसायमा लाभ हुनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – आरोग्यबल बढ्नेछ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्य मात्र फाइदा हुनेछ । विशेष मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नु हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – पराक्रम र उत्साह बढ्ने दिन छ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ भने जटिल काम सम्पादन हुनाले मन प्रशन्न रहला । अध्ययन–अध्यापनमा प्रगति हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ । आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले सचेत रहनुहोला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । प्रेमभाव वृद्धि होला । यात्रामा सफलता प्राप्त होला ।

मीन – समय शुभदायी छ । मान्यजनको आशीर्वादले रोकिएको काम बन्न सक्छ । नयाँ काम गर्ने अवसरका साथै विभिन्न उपहार हात लाग्ने योग छ । रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ । सामाजिक काममा रुचि बढ्नेछ । मान र साहस बढ्नेछ । सुख सुविधाको बस्तु बढ्नेछन् । समस्याको समाधान मिल्नेछ ।