आजको पञ्चाङ्ग एवम् राशिफल (५ आषाढ २०८० मंगलबार, २० जुन २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (५ आषाढ २०८० मंगलबार, २० जुन २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८० आषाढ ५ गते तद्अनुसार सन् २०२३ जुन २० तारीख मंगलबार आषाढ शुक्ल पक्षको द्वितीया तिथि पुनर्वसु नक्षत्र ध्रुव योग तैतिल करण आनन्दादिमा स्थिर योग चन्द्रमा मिथुन राशिमा १५ः०७ बजेसम्म त्यसपछि कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त सांझ १९ः०० बजे हुनेछ । श्रीजगन्नाथ रथयात्रा, त्रिपुष्कर योग ११ः३१ बजेसम्म ।

आजको राशिफल

मेष – विशेष उपहार प्राप्त हुनुका साथै प्रशस्त धनलाभ हुने दिन छ । तर आर्जित धन तत्काल खर्च गर्नुपर्ला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । व्यवसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ । मान र विद्या प्राप्त हुने समय छ । पराक्रम बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – आजको दिन स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउन सक्छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर होला । नचिताएको ठाउँमा धननाश हु सक्छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्ने भए पनि सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । तथापि, पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागको भाव वृद्धि होला ।

मिथुन – नयाँ काममा हात हाल्ने समय आएको छ । तर, काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौती समेत सामना गर्नपर्ला । मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ । कुनै पनि समस्याको समाधान प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय छ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैको मन जित्न सकिएला । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । लगानीका साथै दायित्व वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्ने, खेलकुद एवम् भ्रमणकार्यमा मन जानेछ । मिठो भोजन प्राप्त होला । पारिवारिक सुख मिल्ने दिन छ ।

सिंह – सेवामूलक कामबाट धनलाभ हुने दिन छ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्न सक्ने भएकोले विशेष सचेतनाको दरकार पर्ला । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । व्यापारमा फाइदा हुनेछ । पारिवारिक सुख बढ्नेछ ।

कन्या – कर्मबल बढ्नेछ । लाभको काम प्रारम्भ हुने समय छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । इर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन् । पारिवारिक सुख शान्ति र पराक्रम बढ्नेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । धन मान महत्वमा कमी आउनेछैन । समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । यसका बाबजुद आयआर्जन राम्रै हुनेछ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । तथापि आज अप्रिय समाचारले निराश तुल्याउन सक्ने योग पनि छ । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – दिगो आम्दानी हुने काम सुरु गर्ने समय छ । बौद्धिक प्रतिस्पर्धामा प्रतिष्पर्धीलाई उछिन्न सकिनेछ । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिएला । धेरैलाई लाभ हुने कार्य गर्नेमौका मिल्नेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ । आरोग्यता वृद्धि हुनेछ । दाम्पत्यसुख बढ्नेछ । योजना र बजेट बनाइ कार्य बेस होला । शत्रुपक्ष परास्त हुनेछन् ।

धनु – मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । परिस्थितिअनुसार चल्ने प्रयत्न गर्नु हितकर हुनेछ । अरूको भर पर्दा धोका हुन सक्छ । मान्यजनसँग असमझदारी बढ्नसक्ने योग छ । आरोग्यताका साथै गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – हठ गर्ने बानीले समस्या निम्त्याउन सक्ने भएकोले आजको दिन बोली र व्यवहारमा लचकता अपनाउनु हितकर होला । अरूको सुझावमा धेरै भर नपर्नुहोला । कसैसँग सामान्य मनमुटाव पनि पर्न सक्छ । केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । आयआर्जन भने बढ्ने समय छ । मिठो भोजन प्राप्त हुनेछ । दायित्व पूरा गर्नु हुनेछ ।

कुम्भ – सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिने समय छ । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । प्रेमभाव बढ्नेछ । रसरागमा आकर्षण बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । यात्रामा सफलता प्राप्त होला ।

मीन – कामबाट फुर्सदिलो भइनेछ भने कतै अतिथिका रूपमा सत्कार मिल्ने सम्भावना छ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ला । कुनै काम रोकिएको छ भने आज गरिएको प्रयत्न सार्थक हुन सक्छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ । सामर्थ्य र साहस बढ्नेछ । आफन्तको साथ कमै मिल्ला । सुख आनन्द बढ्ने र मिठो भोजन प्राप्त हुने समय छ । साझेदारीको काम बन्नेछ ।