आजको पञ्चाङ्ग एवम् राशिफल (६ आषाढ २०८० बुधबार, २१ जुन २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (६ आषाढ २०८० बुधबार, २१ जुन २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ ग्रीष्म ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० आषाढ ६ गते बुधबार तद्अनुसार सन् २०२३ जुन २१ तारिख आषाढ शुक्ल पक्षको तृतीया तिथि तिष्य नक्षत्र व्याघात् योग वणि करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १९ः०१ बजे हुनेछ ।

आजको राशिफल

मेष – रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । दाम्पत्य जीवन रमाइलो रहनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि फाइदै हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । मित्रजनको साथ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – साहस वृद्धि हुने समय छ । आशा उत्साह थपिनेछ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने समय छ । मेहनतले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । आतिथ्यपूर्ण सम्मान पाइएला । खर्च लागे पनि दिगो फाइदा हुने अवसर प्राप्त हुन सक्छ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – मिश्रित फल दिने दिन छ । व्यवसायमा लगानी बढाउन सकिने समय भए पनि स्वास्थ्यका दृष्टिले सचेत रहनुपर्ला । खानपानमा विशेष ध्यान दिनु हितकर हुनेछ । पुराना समस्या दोहोरिन सक्छन् । मुख्य काममा बाधा हुँदा मन खिन्न होला । रसरागमा आकर्षण बढ्नेछ । कार्यगति वृद्धि हुनेछ ।

कर्कट – दिन शुभदायी छ । नयाँ कामको प्रस्ताव आउनेछ भने विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । आरोग्यता वृद्धि होला । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – आजको दिन बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्न सकिनेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । चुनौतीहरू स्वतः हट्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । रसरागको भाव वृद्धि होला ।

कन्या – कतिपय कुरामा सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइने समय छ । लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ । कामको चाप र थकाइबाटमुक्त रही विश्राम पाइनेछ । आयबल वृद्धि होला । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – शुभताका साथै आरोग्यता बढ्नेछ । विगतका कमी-कमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुने समय छ । समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिएला । मिठो भोजन प्राप्ति होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – सानातिना घरेलु काममै अल्झनुपर्ने समय छ । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । सवारी साधनको प्रयोगमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले तनाव सिर्जना गर्न सक्छ, सावधान रहनुहोला । अन्ततः कर्ममा सफल नै सावित हुनुहुनेछ ।

धनु – सहयोगीहरूले काममा साथ दिने समय छ । राम्रै फाइदाको योग देखिन्छ । विगतको श्रमबाट धनलाभ हुनेछ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । प्रशंसकहरू बढ्नेछन् । साझेदारीको काम बन्नेछ ।

मकर – आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन होला । गरेका कामबाट लाभ हुनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । प्रेमभावका साथै आरोग्यता बढ्नेछ । रसराग तथा प्रेम सम्बन्धमा सफलता मिल्नेछ ।

कुम्भ – व्यापारमा फाइदा हुने दिन छ । तर, अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्, ध्यान राख्नुहोला । विशेष योजना गोप्य राख्नु हितकारी हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । प्रयासरत काम बन्नेछ । शुभ समाचार प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । वार्तामा सफलता मिल्नेछ ।

मीन – दिन राम्रो छ । रोकिएका काम सम्पादन हुनेछन् भने अध्ययन-अध्यापनमा पनि प्रगति हुनेछ । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुऱ्याउनु हितकर हुनेछ । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । सफलताको दर वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । आश्वासन दिनेले झुक्याउन सक्ने योग रहेकोले सावधानी अपनाउनुहोला । समस्याको समाधान प्राप्त हुनेछ ।