आजको पञ्चाङ्ग एवम् राशिफल (७ आषाढ २०८० बिहीबार, २२ जुन २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (७ आषाढ २०८० बिहीबार, २२ जुन २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८० आषाढ ७ गते तद्अनुसार सन् २०२३ जुन २२ तारिख बिहीबार आषाढ शुक्ल पक्षको चतुर्थी तिथि अश्लेषा नक्षत्र हर्षण योग बब करण आनन्दादिमा अमृत योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः११ मा भयो र सूर्यास्त सांझ १९ः०१ बजे हुनेछ । भूमिरज ।

आजको राशिफल

मेष – ब्यस्तता बढ्ने समय छ । आजको दिन काम बिग्रने डरले सताउन सक्छ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउला । तथापि, प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्, बोली र व्यवहारमा सरलता अपनाउनु हितकर होला । शत्रुमाथि विजय प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

वृष – स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त हुनेछ । रमाइलो जमघट होला । विछोडिएका आफन्तसँग भेटघाट हुनेछ । अधिकारका लागि केही संघर्ष हुन सक्छ । आँटेका काममा बाधा दिन खोज्नेहरु सक्रिय हुन सक्छन्, तर शत्रु परास्त हुनेछन् । मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मानसम्मानसमेत पाप्त हुने समय छ । यात्रापरक काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ । खर्च बढे पनि परिवारिक सुख बढ्नेछ । उत्साह बढ्नेछ ।

मिथुन – आजको दिन केही बाध्यतापूर्ण काममा जुट्नुपर्ला । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुन सक्छ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिनुका साथै समस्या सुल्झाउन सकिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिने समय भए पनि शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्, ध्यान राख्नुहोला । काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका मिल्ला । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह – आयआर्जनका स्रोत बढ्ने समय छ । दैनिक काममा पनि राम्रै फाइदा हुनेछ । विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ भने चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ । मित्रजनको सहयोगबाट फाइदा हुनेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । मन सन्तुष्ट रहला ।

कन्या – कमीकमजोरीलाई सुधार गर्ने समय छ । नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन हुन सक्छ । कामको चाप कम हुने समय छ । परिवारजनको साथले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले सताउन सक्छन् तर जित तपाईंकै हुनेछ । समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – आजको दिन अरूका काममा समय खर्चनुपर्ला । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । तथापि, आश मारेको काम बन्नाले उत्साह जाग्नेछ भने उपलब्धिको स्रोत पहिल्याउन सकिने छ । जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला । स्वास्थ्यप्रति सजग रहनुहोला । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – सङ्घर्ष बढ्नेछ तर मेहनतको फल प्राप्त हुनेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त हुने समय छ । तर शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । अरूको भरपर्दा धोका मिल्न सक्छ, सजग रहनुहोला । योजना र बजेट बनाइ काम गर्नु बेस होला ।

धनु – प्रेमभाव र आरोग्यता बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न समय छ । विभिन्न सहयोग तथा उपहार प्राप्त होला । आयआर्जन पनि राम्रै हुनेछ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । तर, अरूको मात्र भर पर्नाले महत्वाकांक्षा पूरा नहुन सक्छ ।

मकर – आरोग्यता र साहस वृद्धि हुनेछ । धनलाभ तथा भौतिक बस्तु लाभ हुने समय छ । व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । दायित्व पूरा गर्नुहुनेछ । मनोकूलको काममा सफलता मिल्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ – आजको दिन अनावश्यक वादविवादमा परिने योग छ । विचारलाई तौलेर मात्र व्यक्त गर्नु हितकर होला । आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारी साथ काम लिनुहोला । आर्थिक समस्या पर्न सक्छ । प्रेमभाव बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – चुनौतीहरू पन्छिएर जाने समय छ । कुनै काम रोकिएका छन् भने सम्पादन गर्न सकिनेछ । तर व्यक्तिगत फाइदाको पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । समयमा हिम्मत गर्न नसक्दा पछि परिनेछ । सावधान रहनुहोला । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफल हुनेछ