अभिनेत्री शिल्पा मास्के अब रङ्गमञ्चमा देखिने भएकी छन् । उपन्यासकार कुमार नगरकोटीद्वारा लिखित नाटक ‘ट्रान्जिट’मार्फत शिल्पा रङ्मञ्चमा उत्रिन लागेकी हुन् । घिमिरे युवराजको परिकल्पना र निर्देशन रहने नाटकको मञ्चन आगामी साउन १ देखि भदौ १ गतेसम्म हुँदैछ ।
एक ट्रान्जिटमा भेट भएपछि अघि बढ्ने कथा रहेको नाटकमा एउटै पात्रलाई तीनजना अभिनेत्रीले चित्रण गर्दैछन् । जसमध्ये एक पात्रको भूमिकामा अभिनेत्री मास्केले गर्दैछिन् । यो उनको पहिलो नाटक हो ।
नाटकको अभ्यासमा ब्यस्त अभिनेत्री मास्के अभिनयलाई नजिकबाट बुझिरहेको बताउँछिन् । ‘नाटकमार्फत अभिनयलाई शून्यबाट नियाल्न पाएकी छु । विशुद्ध अभिनय सिकिरहेकी छु, दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्नाका साथै रङ्गमञ्चमा आफूलाई प्रस्तुत गर्ने कुराले म उत्साहित छु । यो मेरो पहिलो अनुभव हुनेछ’- उनी भन्छिन् ।
नाटकमा अभिनेत्री मास्केसँगै दिव्यदेव, आकाङ्क्षा कार्की, वासना तिमल्सिना, मिल्सोन राई र घिमिरे युवराज लगायतका कलाकारको अभिनय रहने छ ।
प्रतिक्रिया