आजको पञ्चाङ्ग एवम् राशिफल (१० आषाढ २०८० आइतबार, २५ जुन २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१० आषाढ २०८० आइतबार, २५ जुन २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८० आषाढ १० गते तद्अनुसार सन् २०२३ जुन २५ तारिख आइतबार आषाढ शुक्ल पक्षको सप्तमी तिथि पूर्वाफाल्गुणी नक्षत्र ७ः४४ पर उत्तरा फाल्गुनी नक्षत्र व्यतिपात योग गर करण आनन्दादिमा छत्र योग चन्द्रमा सिंह राशिमा १४ः१८ बजेसम्म त्यसपछि कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः११ मा भयो र सूर्यास्त साँझ १९ः०१ बजे हुनेछ । भूमि पूजा, रविसप्तमी, देउ पाटनमा गंगामाई रथयात्रा,सूर्य पूजा, त्रिपुष्कर ७ः४४ देखि २०ः४३ बजेसम्म ।

आजको राशिफल

मेष – आजको दिन खास शुभदायी नरहला । लेनदेनको समस्याले सताउने र ब्यर्थमा विवाद हुने योग छ । ब्यापारमा पनि घाटा ब्येहोर्नुपर्ला । सानातिना घरायसी काममा समय खर्च हुनेछ । आज कतै यात्रा गर्दै हुनुहुन्छ भने विशेष सावधान रहनुहोला । प्रेमपथमा प्रगति हुनेछ । मित्रभाव वृद्धि होला ।

वृष – व्यस्तताका साथै शुभता बढ्नेछ । मित्रजनले प्रशंसा गर्ने तथा नसोचेको सम्मान मिल्ने दिन छ । मानप्रतिष्ठा र सामाजिक मर्यादा अभिवृद्धि हुनेछ । कुरा काट्नेहरु प्रशंसक बनेर देखापर्नेछन् । गलत लेनदेनमा समस्या आउन सक्छ, सचेत रहनुहोला । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – अधुरा काम बन्ने तथा नयाँ काम पाउने समय छ । धन कमाउने अवसर मिल्ला । लामो समयदेखि रोकिएका कामहरू बन्न सक्छ । हौसला बढ्ने र मन हर्षित भएर आउने दिन छ । समस्याको समाधान प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – व्यापार–व्यवसायमा लाग्नेहरूलाई आजको दिन विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । प्रेमसम्बन्ध र दाम्पत्य सुखको योग छ । स्वास्थ्य स्थितिमा सुधार आउने छ । दायित्व वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति पनि हुनेछ ।

सिंह – आरोग्यता बढ्नेछ । रसरागको भाव वृद्धि होला । तर, शत्रुले सताउने योग रहेकोले सावधान रहनु हितकर हुनेछ । मित्रजनको साथ मिल्नेछ । कार्यमा सफलता मिल्नेछ ।

कन्या – शुभता वृद्धि हुनेछ । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ । विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । प्रेमसम्बन्ध बलियो रहनेछ । अधुरा कामहरु बन्नेछन् । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – नसोचेको काम बन्ने योग परेको दिन छ । अरुको विश्वास जित्न सजिलै सकिनेछ । धन मान मिल्ने देखिन्छ । व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । सामाजिक प्रतिष्ठा पनि बढ्नेछ ।आयबल वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

वृश्चिक – कार्यबल र आरोग्य वृद्धि हुनेछ । फुर्सदिलो समय छ । अनुकूल यात्राको सम्भावना देखिन्छ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । रमणीय र सुखद यात्राको योग छ । यात्रामा विशेष लाभ होला । जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । दाम्पत्यसुख बढ्ला । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

धनु – समय त्यति शुभ देखिन्न । आज गरेको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । मान्यजनको सुझाव अप्रिय लाग्ने समय छ । आर्थिक संकट पर्ने तथा लेनदेनमा विवाद बढ्ने सम्भावना रहेकोले सोचविचार गरी व्यवहार गर्नुहोला । घरायसी समस्या पनि आउन सक्छ । मिठो भोजन प्राप्तिका साथै गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – कुनै दीर्घकालिन योजना बनाउँदै हुनुहुन्छ भने आजको दिन अनुकूल नहुन सक्छ । गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने समय छ । अरुको काम धेरै गर्नुपर्ला । नोकरी तथा राजनीतिमा सम्मान पाउने योग छ । अरुको मन जित्न सकिएला । आरोग्यबल बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुख बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – व्यस्तता बढ्नेछ । मिहीनेतले काममा सफलता दिलाउनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । सोचने शक्ति बढ्ला । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् । दाम्पत्य सम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने दिन छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – शुभकारी दिन छ । परिश्रमले धेरै काम बन्नेछन् भने आर्थिक आर्जन पनि राम्रै होला । मनोरञ्जनमा भुलिने समय छ । परोपकार तथा धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । व्यापारमा लाभ हुनेछ । मित्रजनले राम्रै सहयोग गर्लान् । आफन्तजनको भर नपर्नु हितकर होला । रसरागमा आकर्षण बढ्ला । मिठो भोजन मिल्ला । समस्याको समाधान मिल्नेछ ।