आजको पञ्चाङ्ग एवम् राशिफल (११ आषाढ २०८० सोमबार, २६ जुन २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (११ आषाढ २०८० सोमबार, २६ जुन २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ ग्रीष्म ऋतु वि.सं. २०८० आषाढ ११ गते सोमबार तद्अनुसार सन् २०२३ जुन २६ तारिख आषाढ शुक्ल पक्षको अष्टमी तिथि उत्तरा फाल्गुनी नक्षत्र ९ः४९ पर हस्ता नक्षत्र वरियान योग भद्रा करण आनन्दादियोगमा श्रीवत्स योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ५ः११ बजे भयो र सूर्यास्त साँझ १९ः०१ बजे हुनेछ । अष्टमी व्रत, गोरखकाली पूजा ।

आजको राशिफल

मेष – बौद्धिक र रचनात्मक काममा सफलता मिले पनि अन्य दृष्टिले आजको दिन त्यत्ति सुखद नरहला । लगानी धेरै तर कममात्र फाइदा हुने समय छ । बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । आगो तथा हातहतियारबाट आज विशेष सावधान रहनु हितकर हुनेछ । कुरा काट्नेहरू सक्रिय होलान् । पतिपत्नीबीच घरसल्लाह पनि नमिल्न सक्छ । आर्थिक संकटको योग भएकोले विचार पुऱ्याएर व्यवहार गर्नुहोला । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – कर्मबल बढ्नेछ । सार्वजनिक कार्यमा आकर्षण रहला । कामको कदर भइ प्रतिष्ठा बढ्ने समय छ । ब्यापारमा लाभ होला । जागिरमा भने अनावश्यक झमेलाको सामना गर्नुपर्ने योग छ । कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्ला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

मिथुन – व्यस्तता बढ्नेछ । आत्मविश्वास जागृत हुने समय छ । प्राविधिक काममा सफलता प्राप्त हुनेछ । अल्झेको काम बन्नाले मन उल्लसित होला । पढाइलेखाइमा भनि खासै प्रगति हुने छैन । आफन्तुसँग भेटघाट होला । आरोग्यता बढ्नेछ । रसरागमा आकर्षण रहला । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – पराक्रम बढ्नेछ । रोकिएका घरेलु कामकाज बिस्तारै बन्ने समय छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । कुरा काट्नेहरू निरुत्साहित होलान् । व्यवसायमा लगानी बढाउन सकिनेछ । रोकिएका काम बन्नेछन् ।

सिंह – आजको दिन केही चुनौतीकोे सामना गर्नुपर्ने देखिन्छ । सहयोगीहरूको साथ मिल्नेछ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना रहेकोले सचेत रहनुहोला । चोटपटकबाट बच्न विशेष सतर्क रहनु हितकर हुनेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति रहनेछ ।

कन्या – आजको दिन व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ, समवधान रहनुहोला । तथापि, महत्वपूर्ण कामहरू बन्नेछन् । लगनशिलता र इमान्दारिताको प्रशंसा हुनेछ । प्रेम प्रस्तावको सम्भावना छ । पढाइलेखाइमा प्रगति हुनेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला – आर्थिक कारोबारको लागि आजको दिन अनुकूल छ । पारिवारिक जीवन सन्तोषप्रद रहने छ भने व्यवसायमा लाभ हुनेछ । विलासी काममा आकर्षण बढ्नेछ । मनोरञ्जनमा दिन बित्नेछ । कार्यव्यपारमा सफलता प्राप्त होला । ऋण रोग र शत्रुलाई जित्ने क्षमता वृद्धि हुनेछ ।

वृश्चिक – रमाइलो भेटघाटले मन हर्षित हुनुका साथै पराक्रम बढ्ने दिन छ । व्यापार व्यवसायमा भएकाहरूको स्थितिमा सुधार आउनेछ । यात्राको क्रममा लाभ मिल्ने र सन्तानबाट पनि सुख पाइने समय छ । आयबल र दायित्व बढ्नेछ । शुभ काममा आकर्षण बढ्ला ।

धनु – कर्मबल बढ्नेछ । उत्साहवर्द्धक समय छ । श्रमअनुसारको लाभ मिल्नेछ । स्वास्थ्यप्रति सजग रहनुपर्ला । मिठो भोजन प्राप्त हुनेछ । रोकिएको काम बन्नुसंगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – परिश्रमअनुसार राम्रै उपलब्धि पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आफन्तहरूको सहयोग र बौद्धिक उन्नतिले काममा सफलता मिल्नेछ । पढाइमा सफलता मिले पनि खर्च बढ्ने र स्वास्थ्यमा सामान्य समस्या आउने योग छ । विरोधिजनप्रति सतर्क रहनु हितकर होला । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – जोखिम बढ्ने समय भए पनि काममा सफलता मिल्नेछ । दिगो फाइदा हुने कार्यमा लगानी बढाउन सकिनेछ । आज खर्च वृद्धि होला । मित्रजन तथा छरछिमेकबाट सरसहयोग प्राप्त हुनुका साथै व्यापारमा लाभ हुनेछ । सन्तान पक्षबाट सुख मिल्नेछ । मिठो भोजन मिल्नेछ भने रसरागमा आकर्षण बढ्ला ।

मीन – समय शुभदायी छ । विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । थालेका कामहरू सहजै बन्न सक्ने दिन छ । आर्थिक लगानी बढाउन अनुकूल समय छ । सुख र सामर्थ्य वृद्धि होला । आफन्तको साथ भने कमै मिल्नेछ । समस्याको समाधान मिल्नेछ ।